आँधीखोला गाउँपालिकामा कोभिड–१९ निगरानी समूह गठन

  POSTED ON : बैशाख २२, २०७८ (१:३८ PM)

आँधीखोला गाउँपालिकामा कोभिड–१९ निगरानी समूह गठन

स्याङजा । आँधीखोला गाउँपालिकाले आफ्ना सबै वडाहरुमा कोभिड–१९ निगरानी समूह गठन गर्ने निर्णय गरेको छ । वैशाख २१ गते कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका संयोजक एवम् आँधीखोला गाउँपालिकाका अध्यक्ष सुधीरकुमार पौडेलको अध्यक्षतामा बसेको बैठकले नयाँ भेरियन्टसहित कोभिड–१९ सङ्क्रमणको रोकथाम एवम् नियन्त्रणका सम्बन्धमा कोभिड सङ्क्रमण उच्च भएका स्थान (छिमेकी मुलुक एवम् तेस्रो मुलुक) बाट गाउँपालिका भित्रिने मानिसहरूलाई निगरानी गर्नका लागि वडाध्यक्ष ९संयोजक० र स्वास्थ्य चौकी प्रमुख ९सदस्य सचिव० रहने गरी वडा स्तरीय कोभिड–१९ निगरानी समूह गठन गर्ने भएको छ ।
वडाध्यक्ष, स्वास्थ्य चौकी प्रमुख, टोल बस्ती समेट्ने गरी आवश्यकता अनुसार वडाका जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्य संस्था प्रमुख, महिला स्वास्थ्य स्वयम्‌सेविका, शिक्षक, विद्यालय व्यवस्थापन समिति र टोल विकास समितिका प्रतिनिधि, आमा समूह, युवा क्लब आदि सहितको वडास्तरीय कोभिड–१९ निगरानी समूह गठन गर्नका लागि सम्पूर्ण वडा कमिटिलाई निर्देशन दिइएको संयोजक सुधीरकुमार पौडेलले बताउनुभएको छ ।
यस निगरानी समूहले कोभिड–१९ का सम्बन्धमा व्याप्त भ्रम हटाउने, समुदायमा सही सूचना सम्प्रेषण गर्ने, जनस्वास्थ्यका मापदण्डहरु पालना गर्न लगाउने काम गर्नेछ । यसले परीक्षण, क्वारेन्टिन वा आइसोलेसनमा बस्नुपर्ने व्यक्तिका सम्बन्धमा स्थानीय तहलाई सूचना दिने, कोभिड व्यवस्थापनका लागि स्थानीय संघ, संस्था, क्लब, शिक्षक तथा स्वयम् सेवक परिचालनका लागि स्थानीय तहलाई सहयोग गर्ने गरी कार्यक्षेत्र तोकिएको पौडेलले बताउनुभएको छ ।  


Top