मुख्यमन्त्री गुरुङलाई कोरोना संक्रमण

हिमालय टाइम्स   POSTED ON : बैशाख २२, २०७८ (३:५८ PM)

मुख्यमन्त्री गुरुङलाई कोरोना संक्रमण

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

क्षेत्रीय प्रयोगशालामा मंगलबार दिइएको स्वाव नमूनाको बुधबार आएको नतिजामा पोजिटिभ देखिएको मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेले पुष्टि गर्नुभयो ।

न्यौपानेका अनुसार संक्रमित हुनुभएको उहाँको अवस्था सामान्य रहेको छ ।  मुख्यमन्त्री गुरुङ होम आइसोलेसनमा नै बस्ने उहाँले बताउनु भयो ।

मंगलबार मुख्यमन्त्री गुरुङ गण्डकी प्रदेशसभाका सभामुख र दलका शीर्षनेताको बैठकमा सहभागी हुनुभएको थियो ।

 बैठक सकेर निवासमा फर्किएपछि उहाँलाई ज्वरो आएको थियो । परीक्षण गर्दा नतिजा पोजेटिभ आएको थियो ।


Top