चापाकोट नपामा थप २१ जनामा कोरोना पुष्टि

युवराज पौडेल   POSTED ON : बैशाख २२, २०७८ (४:०१ PM)

चापाकोट नपामा थप २१ जनामा कोरोना पुष्टि

याङ्जा । स्याङ्जा जिल्लाको चापाकोट नगरपालिकामा थप २१ जनामा कोरोना सङ्क्रमण देखिएको छ । एन्टिजेन र पिसिआर गरी ५६ जामा गरिएको परीक्षणामा ७ महिला र १४ पुरुषमा सङ्क्रमण देखिएको हो । नगरपालिकाका स्वास्थ्य प्रमुख बिन्दु कोइरालाका अनुसार पछिल्लो २४ घण्टाभित्र २१ महिला र ३५ पुरुषमा परीक्षण गरिएकोमा २१ जनामा सड्क्रमण पुष्टि भएको हो । 

नगरपालिकाको वडा नं १ मा १ पुरुष, वडा नं २ मा १ महिला र १ पुरुष, वडा नं ४ मा २ महिला, वडा नं ७ मा २ महिला र ५ पुरुष, वडा नं ८ मा १ महिला र ५ पुरुष, यस्तै वडा नं ९ मा १ महिला र १ पुरुष र वडा नं १० मा १ पुरुषमा सङ्क्रमण पुष्टि भएको छ । 

नयाँ भेरियन्टको दोस्रो लहरको सङ्क्रमण व्यापक रुपमा फैलिएसँगै स्याङ्जा जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या २७५ पुगेको छ भने ४ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भइसकेको जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाले जनाएको छ । 



Top