बागलुङमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

डम्मर बुढा मगर   POSTED ON : बैशाख २३, २०७८ (११:१४ AM)

बागलुङमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

बागलुङ । कोरोना संक्रमणबाट बागलुङमा थप एक जनाको मृत्यु भएको छ । बागलुङ नगरपालिका वडा नम्बर ४ का ७८ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो । उहाँलाई २० गते संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि धौलागिरी अस्पतालमा आएकार बृद्धको बिहिबार विहान साढे पाँच बजे मृत्यु भएको घिमिरेको भनाई छ । उनीमा उच्च रक्तचाप, मधुमेह लगायका रोगले ग्रसित भएको बताइएको छ । बागलुङमा हरेक दिन कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । अहिले धौलागिरी अस्पताल बागलुङको आइशोलेसनमा २१ जना संक्रमित उपचाररत छन् । जिल्लामा २७४ जना सक्रिय संक्रमित रहेका छन् ।




Top