बागलुङमा एकै दिन कोरोनाबाट दुई जनाको मृत्यु, ६२ संक्रमित

डम्मर बुढा मगर   POSTED ON : बैशाख २३, २०७८ (७:४५ PM)

बागलुङमा एकै दिन कोरोनाबाट दुई जनाको मृत्यु, ६२ संक्रमित

 बागलुङ । बागलुङ कोरोना संक्रमणबाट एकै दिन दुई जनाको मृत्यु भएको छ भने ६२ जनामा संक्रमण पुष्टि भएको छ । बागलुङ नगरपालिका वडा नम्बर ४ का ७८ वर्षीय पुरुषको बिहिबार विहान साढे पाँच बजे र बडिगाड गाउँपालिका वडा नम्बर ४ का ८७ वर्षीया पुरुषको दिउसो मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड १९ फोकल पर्सन देव प्रकाश घिमिरेले जानकारी दिनुभयो ।

बागलुङ नगरपालिका वडा नम्बर ४ का पुरुषलाई २० गते संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि धौलागिरी अस्पतालमा आएका थिए । उनीमा उच्च रक्तचाप, मधुमेह लगायका रोगले ग्रसित भएको बताइएको छ ।

त्यस्तै बडिगाड गाउँपालिका वडा नम्बर ४ का पुरुषलाई १९ गते संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि उनी धौलागिरी अस्पतालमा गएका थिए । उनी दम लगायतका रोगले ग्रसित भएको बताइएको छ ।   


Top