भुसको आगो झैं फैलिदै म्याग्दीमा कोरोना, एकैदिन दुईको मृत्यु, २८ संक्रमित, ४० जना संक्रमण मुक्त

ध्रुवसागर शर्मा   POSTED ON : बैशाख २४, २०७८ (१०:२९ AM)

भुसको आगो झैं फैलिदै म्याग्दीमा कोरोना, एकैदिन दुईको मृत्यु, २८ संक्रमित, ४० जना संक्रमण मुक्त

म्याग्दी । हिमाली जिल्ला म्याग्दीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भुसको आगो झैं फैलिएर समुदायस्तरमा पुगेको छ ।
जतिजति संक्रमितहरुको संख्या बृद्धि हुँदै गएको छ,त्यति त्यति चिन्ता,चासो,सर्तकता र तयारी पनि थपिदै गएको छ ।
बीहिवार (हिजो) थप उपचारका लागि पोखरा र बागलुङ लगेका दुई जना म्याग्देलीको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ भने २८ जना नयाँ संक्रमित थपिएका स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।
 जिल्लाको धवलागिरि गाउँपालिका २ की कोरोना संक्रमित ७२ वर्षिया वृद्धाको पोखरा र २२ वर्षिय युवाको कोरोका कै कारण बागलुङमा मृत्यु एको छ । त्यसैगरी विहीबारसम्म ४० जना संक्रमण मुक्त भएर घर फर्किका बेनी अस्पतालले जनाएको छ ।
कोरोनाको दोस्रो लहर शुरु भए यता अहिलेसम्म म्याग्दीमा १ सय १० जना सक्रिय संक्रमित रहेका जिल्ला स्वास्थ्य कार्यालले जनाएको छ । कोरोनाको लक्षण देखिएका कतिपय विरामीहरु पिसीआर टेष्ट नगरी घरमा नै ज्वरो,रुघा,खोकीको औषधी खाएर वसिरहेका स्थानीय तहका जनप्रतिनिधिहरुले बताएका छन् ।
कोरोना भुसको आगो जस्तै भित्रभित्रबाट समुदाय स्तरसम्म पुगेको र अवस्था गम्भीर हुन थालेको स्वास्थ्य कार्यालय म्याग्दीका नि.प्रमुख एकनारायण लम्सालले बताए । अवस्था जटिल बन्दै गएपनि तयारी पनि त्यत्तिकै मात्रामा बढाइएको र सर्तकताका उपाएहरु पनि अधिकतमरुपमा प्रयोग गरिएको सरकोकारवालाहरुको भनाइ रहेको छ ।
नयाँ भेरियन्ट सहितको कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिमसी) र जिल्ला सुरक्षा समितिको सिफारिसको आधारमा प्रशासनले विहीबारदेखि नै १० दिनका लागि बेनीमा निषेधाज्ञा जारी गरेको छ ।
डिसिसिएमसीका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीका अनुसार  बेनी अस्पतालमा अक्सिजनको पर्याप्त व्यवस्था गरिएको छ । स्थानीय तह,राजनीतिक दल र नागरिक स्तरबाट समेत क्वारेन्टिन,आइसोलेशनको व्यवस्थापन भैरहेको छ ।
म्याग्दीका यातायात व्यवसायीहरुद्धारा संचालित म्याग्दी कोरोना वस संचालक समितिले आफ्ना सवारी साधनलाई एम्बुलेन्स बनाएर कोरोना संक्रमितहरुलाई सेवा दिने घोषणा गरेको छ भने नेकपा एमालेले आफ्नो पार्टी कार्यालयको भवन क्वारेन्टिन र आइसोलेशन निर्माणका लागि उपलव्ध गराउने निर्णय गरिसकेको छ ।
एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले संक्रमितलाई राखेरउपचार गर्ने ठाउँको अभाव भएका क्वारेन्टिन र आइसोलेशनका लागि बेनी नगरपालिका २ हाँडेभीरमा रहेको नेकपा एमाले पार्टी कार्यालको भवन उपलब्ध गराइने बताए ।


Views: 108

Top