पुतलीबजारद्वारा कोरोना सङ्क्रमितलाई आयुर्वेदिक औषधी वितरण

युवराज पौडेल   POSTED ON : बैशाख २४, २०७८ (७:१९ PM)

पुतलीबजारद्वारा कोरोना सङ्क्रमितलाई आयुर्वेदिक औषधी वितरण

स्याङ्जा । पुतलीबजार नगरपालिकाले पालिकाभित्र रहेका कोरोना सक्रमितहरूलाई उच्च मनोबल बनाउन आयुर्वेदिक औषधी वितरण सुरु गरेको छ । नगरपालिकाले जिल्ला सरदमुकाम र अर्जुनचौपारी बजारमा रहेका आयुर्वेदिक स्वास्थ्य कार्यालयमार्फत् औषधी वितरण गर्दै आएको हो । 

पुतलीबजार नगरपालिका प्रमुख सिमाकुमारी क्षेत्रीले पछिल्लो समयमा दोस्रो भेरियन्टको कोरोना समाजमै फैलिरहेको र कोरोनालाई न्यूनीकरण गर्न आयुर्वेदिक औषधी वितरण गरिएको बताउनुभयो । नगरप्रमुख क्षेत्रीले पालिकामा हालसम्म २९ जना कोरोना सङ्क्रमित रहेको बताउँदै औषधी सबै कोरोना सङ्क्रमित विरामीहरूकहाँ पु¥याउने जानकारी दिनुभयो । उहाँले आयुर्वेदिक औषधीले कुनै असर नगर्ने हुनाले सबैले प्रयोग गर्न सकिने बताउनु भयो । 

पुतलीबजारमा दोस्रो चरणको भेरियन्टको कोरोनाबाट २९ जना विरामी परेका छन् । कोरोना सङ्क्रमितहरू होम आइसोलेसनमा बस्दै आएका र उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको नगरपालिकाले जानकारी दिएको छ ।

विरामीहरुलाई पुतलीबजार नगरपालिकाको वडा नम्बर १३ बाट आयुर्वेदिक औषधी दिन सुुरु गरिएको १३ का वडाध्यक्ष तथा पुतलीबजार नगरपालिकाका नगर प्रवक्ता ख्यामनारायण अधिकारीले जानकारी दिनुभयो । उहाँले औषधी वितरणले बिरामीहरूको मनोवल उच्च भएको बताउनुभयो । 


Views: 200

Top