गण्डकी प्रदेशमा कोरोनाबाट थप ९ जनाको मृत्यु

युवराज पौडेल   POSTED ON : बैशाख २६, २०७८ (१२:३६ PM)

गण्डकी प्रदेशमा कोरोनाबाट थप ९ जनाको मृत्यु

स्याङ्जा  । गण्डकी प्रदेशमा थप ९ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । यससँगै गण्डकी प्रदेशमा हालसम्म मृत्यु हुनेको सङ्ख्या २६० पुगेको छ । 

कास्की जिल्ला पोखरा महानगरपालिका–१७ का ५३ वर्षीय कोरोना सङ्क्रमित पुरुषको २६ गते बिहान गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा मृत्यु भएको छ । त्यस्तै रुपन्देही जिल्ला सिद्धार्थ नगरपालिका ८ का ६० वर्षीय कोरोना सङ्क्रमित पुरुषको २५ गते बेलुका गण्डकी मेडिकल कलेजमा नै मृत्यु भएको छ । 

स्याङजा जिल्ला वालिङ नगरपालिका वडा नं. ३ का ४५ वर्षीय कोरोना सङ्क्रमित पुरुषको २५ गते दिउसो पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा मृत्यु भएको छ भने कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं ९ कि ३१ वर्षीया कोरोना सङ्क्रमित महिलाको २५ गते राति मेडिप्लस अस्पताल पोखरामा मृत्यु भएको छ । 

म्याग्दी जिल्ला मालिका गाउँपालिका वडा नं. ५ का ५८ वर्षीय सङ्क्रमित पुरुषको २४ गते बिहान मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको छ भने स्याङ्जा जिल्ला गल्याङ नगरपालिका वडा नं. ३ की ६० वर्षीय महिलाको २५ गते बिहान चरक मेमोरियल अस्पताल पोखरामा कोरोनाकै कारण मृत्यु भएको छ । 

कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. २ कि ५७ वर्षीया महिलाको २४ गते बेलुका गण्डकी मेडिलकल कलेज पोखरामा र कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं.२७ का ५२ वर्षीय कोरोना सङक्रमित पुरुषको २५ गते बिहान गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा मृत्यु भएको छ ।

त्यस्तै, पोखरा महानगरपालिका वडा नं. १९ का ५८ वर्षीय पुरुषको २५ गते दिउसो मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्दर्शक डा. विनोद विन्दु शर्माद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा जनाइएको छ ।  


Views: 135

Top