बागलुङमा छतबाट खसेर एक जनाको मृत्यु

डम्मर बुढा मगर   POSTED ON : बैशाख २६, २०७८ (१२:३८ PM)

बागलुङमा छतबाट खसेर एक जनाको मृत्यु

 बागलुङ । बागलुङको खर्बाङमा घरको छतबाट खस्दा आइतबार बिहान एक जनाको ज्यान गएको छ ।

बडिगाड गाउँपालिका वडा नम्बर २ दनिया निवासी ३९ वर्षीय रनबहादुर रानाको ज्यान गएको स्थानीय कमल पौडेलले जानकारी दिनुभयो ।

स्थानीय दिपु केसीको घरमा वायरिङ गर्ने क्रममा छतबाट खस्दा राना गम्भीर घाइते हुनु भएको थियो । घाइते रानाको उपचारका लागि हेलिकप्टर मार्फत पोखरा लैजाने अन्तिम तयारी भइरहेका बेला ज्यान गएको पौडेलको भनाई छ ।

रानाको मृत्यु भएपछि उहाँलाई लिन गएको हेलिकप्टर रित्तै फर्किएको हो । राना गिरिङ्दी खोला लघु जलविद्युत परियोजनामा अपरेटरको रुपमा काम गर्दै आएका थिए ।


Views: 81

Top