म्याग्दीका वडा–वडामा पुगेर स्वाब संकलन

ध्रुबसागर शर्मा   POSTED ON : बैशाख २६, २०७८ (६:४२ PM)

म्याग्दीका वडा–वडामा पुगेर स्वाब संकलन

म्याग्दी । म्याग्दीमा कोरोना संक्रमणका कारण विरामी र मृत्यु हुने क्रम बढेपछि समुदाय स्तरमा नै पुगेर पिसिआर परिक्षणका लागि स्वाव संकलन गर्न थालिएको छ ।

म्याग्दीको बेनी नगरपालिकाका र धौलागिरि गाउँपालिकाले वडा वडामा पुगेर स्वाव संकलन र एन्टीजेन परीक्षण थालेका हुन् ।

बेनी नगरपालिका क्षेत्रमा पछिल्लो समय कोरोना संक्रमितहरुको संख्या बढ्न थालेपछि रोकथाम,नियन्त्रण र व्यवस्थापनलाई प्रभावकारी बनाउन सवै वडा तहमा पुगेर पिसिआर परिक्षणका लागि स्वाव संकलन गर्ने,जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

आइतवार बेनी नगरपालिकाका विभिन्न वडाहरुको स्वाव संकलन गरिदैन छ । वडा नं २ बगरफाँटमा वडाअध्यक्ष हिरकाबहादुर थापा,वडासदस्य चन्द्रबहादुर कुवँर र स्थानीय आमा समूहका पदाधिकारीहरुले कोरोनाका सामान्य लक्षण देखिएका विरामीहरुको घरघरमा पुगेर स्वाव संकलनमा सरिक गराएका थिए ।

शनिबार नगर प्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा बसेको नगर स्तरीय कोभिड व्यवस्थापन समितिको वैठकले नगरपालिका भित्र कोरोना संक्रमण रोकथाम,नियन्त्रण र व्यवस्थापनलाई प्रभावकारीकारी रुपमा सञ्चालन गर्ने निर्णय अए अनुसार आजदेखि  वडामा स्वाव संकलन गर्न थालिएको हो  ।

 प्रत्येक वडामा कोरोना परिक्षणका लागि स्वाव संकलन गरिने र संक्रमणको चेन ब्रेक गर्न लागू गरिएको निषेधज्ञालाई प्रभावकारी बनाउने निर्णय अनुसार आज आइतवारदेखि अभियान शुरु गरिएको बेनी नगरपालिकाका प्रमख हरिकुमार श्रेष्ठले बताए ।

सवै वडामा कोरोना व्यवस्थापनका लागि टास्कफोर्स गठन गरिएको छ । विरामीलाई अस्पताल सम्म ल्याउन गाडिको व्यवस्थापन गर्ने र जनचेतनामुलक कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले जानकारी दिए । कोरोना जोखिम बढेकाले यसलाई नियन्त्रण र रोकथामका लागि नगरबासीहरुको साथ र सहयोगको अपेक्षा नगरपालिकाले गरेको उनले बताए ।

स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार जिल्लामा आज आइतवारसम्म १६० जना सक्रिय संक्रमित रहेका छन् । संक्रमितमध्ये अधिकाँश होम आइसोलेशनमा बसेका छन् । आज आइतवारसम्म कोरोनाबाट ७ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।


Top