गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु

डम्मर बुढा मगर   POSTED ON : बैशाख २८, २०७८ (१२:३६ PM)

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु

बागलुङ । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामाथप ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । म्याग्दीका १, कास्कीका ६, स्याङ्जाका १, तनहुँका १ र रुपन्देहीका २ जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । संक्रमणबाट म्याग्दीको बेनीनगरपालिका वडा नम्बर ९ की ५२ वर्षीया महिला, कास्कीको पोखरा महानगर पालिका वडा नम्बर १७का ८४ वर्षीय पुरुष, वडानम्बर १६ की ६० वर्षीया महिला, वडानम्बर ६ का ५२ वर्षीय पुरुष, वडानम्बर २१ का ८० वर्षीय पुरुष, वडानम्बर ६ की ३२ वर्षीया महिला, वडानम्बर ८ का ६५ वर्षीय पुरुषको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

त्यस्तै तनहुँको व्यास नगरपालिका वडा नम्बर १ की ५७ वर्षीया महिला, रुपन्देहीजिल्लाको बुटवल उपमहानगरपालिका वडा नम्बर ११ की ५५ वर्षीया महिला र रुपन्देहीजिल्लाकै सैनामैना नगरपालिका वडा नम्बर १ का ४० वर्षीय पुरुष मृत्यु भएको बताइएको छ । मृत्यु भएका सबैको पोखरा स्थित विभिन्न अस्पताल तथा गण्डकी का विभिन्नजिल्लाका अस्पतालमा मृत्यु भएको निर्देशनालयले प्रेस विज्ञप्तीमार्फत जानकारी गरएको छ । यो सँगै गण्डकीप्रदेशमा मृत्यु हुनेको संख्या २८७पुगेको छ । 


Top