चापाकोटमा ४० सहित स्याङ्जामा थप ७३ जना कोरोना सङ्क्रमित

युवराज पौडेल   POSTED ON : बैशाख २८, २०७८ (५:४२ PM)

चापाकोटमा ४० सहित स्याङ्जामा थप ७३ जना कोरोना सङ्क्रमित

 स्याङ्जा जिल्लामा आज थप ७३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्याङ्जाको चापाकोट नगरपालिका, पुतलीबजार नगरपालिका र अर्जुन चौपारी गाउँपालिकाका गरी थप ७३ जनामा सङ्क्रमण पुष्टि भएको भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता एवम् निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

चापाकोट नगरपालिकाको वडा नं २ मा ३ जना, वडा न ४ मा १८ जना, वडा न ६ मा १ जना, वडा न ८ मा २ जना र वडा नं १० मा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको चापाकोट नगरपालिकाकाले जनाएको छ ।

त्यस्तै, पुतलीबजार नगरपालिकाको वडा नं ६ मा २७ जना, अर्जुन चौपारी गाउँपालिकाको वडा नं १ मा २ जना, ३ मा ४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

आज देखिएका सबै कोरोना सक्रमितहरुलाई कन्ट्रयाक ट्रेसिङबाट पहिचान गरिएको हो ।


Top