कोरोना सङ्क्रमणबाट एकै दिन तीन जनाको मृत्यु

ध्रुवसागर शर्मा   POSTED ON : बैशाख २९, २०७८ (१०:१७ AM)

कोरोना सङ्क्रमणबाट एकै दिन तीन जनाको मृत्यु

म्याग्दी । कोरोना सङक्रमण कारण मंगलबार (हिजो) एकैदिन तीनजना म्याग्देलीको ज्यान गएको छ । 

मंगलबार विहान बेनी अस्पतालमा उपचारत बेनी नगरपालिका ८ बस्ने कोरोना सङ्क्रमित  एक पुरूषको मृत्यु भएको थियो । भेन्टिलेटरको अभावमा ती पुरूषको मृत्यु भएको हो । यसै गरि पोखरामा उपचारत दुईजना म्याग्देलिको पनि कोरोनम संक्रमणका कारण मंगलबार नै मृत्यु भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।

बेनी नगरपालिका ९ ठेगाना भएकी एक महिला र रघुगंगा २ रानिपौवाका एक पुरूषको उपचारका क्रममा निधन भएको गण्डकि प्रदेशको स्वास्थ्य निर्देशनालय पोखराले विज्ञप्ति मार्फत जनाएको छ ।

पछिल्ला केही दिन यता कोरोना सङ्क्रमण उच्च भएको छ ।समुदायस्तरमा कोरोना सङ्क्रमण बढेपछि बैशाख २२ देखि बेनी  नगरपालिकामा निषेधाज्ञा जारी गरिएको  भने अन्य पाँचवटा स्थानीय तहले पनि निषेधाज्ञा जारी गरेका छन् ।

कोरोना जोखिम उच्च भएपनि डिसिसिएमसिले  कोरोनाको रोकथाम,उपचार, नियन्त्रण र व्यवस्थापन मा  प्रभावकारी तवरले काम गर्न नसकेको गुनासो आउन थालेको छ ।


Top