गण्डकीमा कांग्रेस सांसद कृष्णचन्द्र नेपालीद्वारा मुख्यमन्त्रीमा दावी पेश

हिमालय टाइम्स   POSTED ON : बैशाख २९, २०७८ (५:०१ PM)

गण्डकीमा कांग्रेस सांसद कृष्णचन्द्र नेपालीद्वारा मुख्यमन्त्रीमा दावी पेश

पोखरा । नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले मुख्यमन्त्री नियुक्त गर्न मागसहित चार दलको समर्थनमा गण्डकी प्रदेशको प्रदेश प्रमुख कार्यालयमा पत्र दर्ता गर्नुभएको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चाले आज अपरान्ह बहुमतको दावीसहित प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष पत्र दर्ता गरेका हुन् ।

पोखरेलले आफूलाई नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका १२ (सभामुखसहित), राष्ट्रिय जनमोर्चाका ३ र जनता समाजवादी पार्टी २ सांसदको समर्थन रहेको उल्लेख गर्नुभएको छ ।


Top