21st June | 2021 | Monday | 1:35:02 PM

गण्डकी मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङ पुनः नियुक्त

हिमालय टाइम्स   POSTED ON : बैशाख २९, २०७८ (६:२५ PM)

गण्डकी मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङ पुनः नियुक्त

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वी सुब्बा गुरुङ पुनः नियुक्त हुनुभएको छ । 

प्रदेशसभाका चार दलको समर्थन रहेको भन्दै मुख्यमन्त्रीमा दावी पेश गर्नुभएको नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलको दावी नपुग्ने भन्दै प्रदेश प्रमुख सीता पौडेलले अल्पमतको मुख्यमन्त्रीको रुपमा गुरुङलाई नियुक्त गर्नुभएको होा ।

पौडेलले गुरुङलाई संविधानको धारा १६८ (३) अनुसार नियुक्त गर्नुभएको होा । गुरुङले ३० दिनभित्र सदनबाट विश्वासको मत लिनुपर्नेछ ।

मुख्यमन्त्री गुरुङ हाल कोरोना संक्रमित रहेकाले आवश्यक स्वाथ्य मापदण्ढ पूरा गरेर पद तथा गोपनीयताको सपथ गराइएको छ ।

बुधबार राष्ट्रिय जनमोर्चाका सांसदहरु कृष्णबहादुर थापा र खिमबिक्रम शाहीले आफूहरु कुनै गठबन्धनमा नरहेको र तटस्थ रहेको भनी विज्ञप्ति जारी गर्नुभएको थियो ।

यसपछि प्रदेश प्रमुखको कार्यालयले कांग्रेस सांसद कृष्णचन्द्र नेपाली पोखरेलको मुख्यमन्त्रीमा दावी नपुग्ने निश्कर्ष निकालेको हो ।


Views: 52