21st June | 2021 | Monday | 12:47:34 PM

मुस्ताङमा आजदेखि निशेधाज्ञा, मुक्तिनाथ थप १५ दिन बन्द

धु्रबसागर शर्मा   POSTED ON : बैशाख ३०, २०७८ (१:०४ PM)

मुस्ताङमा आजदेखि निशेधाज्ञा, मुक्तिनाथ थप १५ दिन बन्द

म्याग्दी । हिमालपराीको जिल्ला मुस्ताङमा आज (बिहिबार) देखि लागुहुनेगरी निशेधाज्ञा जारी भएको छ । 

जिल्लामा कोरोनाको दोश्रो लहर फैलिएको भन्दै यसको रोकथाम तथा नियन्त्रणका लागि बिहिबार राति देखि एक साता सम्मको लागि निशेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको सिफारीसमा जिल्ला सुरक्षा समितिको बैठकको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालयले निशेधाज्ञा जारी गरेको हो ।

मुस्ताङको थासाङ, घरपझोङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका भित्र लागु हुने गरी निशेषआज्ञा जारी गरिएको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी जगदिश अर्यालले जानकारी दिए ।

मुस्ताङमा समेत कोरोना माहामारीको भयावह अवस्था भएकाले यसको रोकथाम तथा न्यूनिकरण गर्ने उद्देश्यले निशेषआज्ञा जारी गर्नु परेको सहायक प्रमुख जिल्ला अधिकारी अर्यालको भनाइरहेको छ । उनका अनुसार निशेषआज्ञा अवधिभर संक्रमण जोखिम रहेको तीन स्थानीय तहमा अत्यावश्यक सेवा बाहेक सबै सेवा ठप्प हुने छन् ।

मुस्ताङ भित्रिने जोकोही व्यक्तिले अनिवार्य क्वारेन्टाईन बस्ने प्रतिबद्धता र सुनिश्चिता भएको अवस्था मात्र मुस्ताङ प्रवेशको अनुमती दिने प्रशासनले जनाएको छ ।

यस्तै, कोरोनाको दोश्रो लहरसंगै गत बैशाख ११ गतेदेखि बन्द रहेको मुस्ताङको पवित्र धार्मिक स्थल मुक्तिनाथ मन्दिर थप पन्ध्र दिनका लागि बन्द गर्ने निर्णय भएको छ । मुक्तिनाथ मन्दिर जेठ १५ गतेसम्म लागि बन्द गर्ने सीसीएमसीले निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिए । मुस्ताङमा बुधबारसम्ममा ७६ जना सङ्क्रमित रहेका छन् ।


Views: 47