पुतलीबजारकी मेयर डाक्टर र ‍औषधीसहित सङ्क्रमित बस्तीमा

युवराज पौडेल   POSTED ON : बैशाख ३०, २०७८ (१:०७ PM)

पुतलीबजारकी मेयर डाक्टर र ‍औषधीसहित सङ्क्रमित बस्तीमा

स्याड्जा । विश्वव्यापी कोरोना भाइरसको दोस्रो लहरले स्याङ्जालाई पनि प्रभावित पारेको छ । स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिकामा पनि कोरोना सङ्क्रमितहरुको सङ्ख्या ह्वात्तै बढेको छ । हालसम्म पुतलीबजारमा ६९ जना कोरोना सङ्क्रमित रहेका छन् । तीमध्ये २ जनाको मृत्यु भएको छ। सङ्क्रमितमध्ये हाल होम आइसोलेसनमा ६१ जना, अस्पतालमा ५ जना र नगरपालिकाले निर्माण गरेको आइसोलेसनमा १ जना रहेको पुतलीबजारकी मेयर सीमाकुमारी क्षेत्रीले जानकारी दिनुभयो । पुतलीबजार-६ को टक्सारस्थित हलेदे भन्ने एउटै गाउँमा २७ जनामा कोरोना पुष्टि भएको छ । गाउँमा रुघाखोकी र ज्वरोका बिरामीहरु लगालग बढ्न थालेपछि नगरपालिकाले स्वाब परीक्षण गरेको थियो । स्वाब परीक्षणमा एकैचोटि धेरै मानिसहरुको कोरोना पोजेटिभ देखिएपछि मानिसहरु आत्तिएको, डराएको थाहा पाएर मेयर आफै स्वास्थ्य टोलीसहित सो बस्तीमा पुग्नुभएको थियो । 

यतिबेला आयुर्वेदका विज्ञहरुसँग सरसल्लाह गरेर जिल्ला आयुर्वेद कार्यालयका डाक्टर टोलीसहित मेयर आफै गाउँबस्तीमा पुग्दा सङ्क्रमितहरुको मनोबल बढेको टोलीका एक सदस्यले बताए । मेयर क्षेत्रीले हिमालय टाइम्ससँग भन्नुभयो, ुरोगले भन्दा पनि मरिन्छ कि भन्ने मनोविज्ञानले मानिसहरुलाई बढी कमजोर बनाएको पाएँ । यस्तो अवस्थामा उनीहरुलाई काउन्सेलिङको पनि आवश्यकता महसुस भएकाले आफैँ सङ्क्रमितलाई भेट्न आएकी हुँ ।ु तत्कालका लागि आवश्यक औषधीहरु दिइएको र भविष्यमा उपचार आवश्यक पर्दा कसलाई कसरी सम्पर्क गर्ने भन्ने सबै कुरा जानकारी गराइएको उपचार टोलीका एक सदस्यले बताउनुभयो । बिरामीका लागि एम्बुलेन्स २४ घण्टा नै ुस्टान्डबाइुरहेको पनि उहाँले जानकारी दिनुभयो । हाल पुतलीबजार नगरपालिकाले २० बेडको करेन्डाँडामा र २० बेडको गणेशपुर स्वास्थ्य केन्द्रमा कोभिड उपचारको व्यवस्था गरेको छ । सङ्क्रमितको मृत्यु हुन थालेकाले नगरपालिकाले शवबाहनको आवश्यकता महसुस गरेको र एक दुई दिनमै त्यस सम्बन्धी निर्णय पनि लिइने उहाँले बताउनुभयो । 


Top