21st June | 2021 | Monday | 12:28:30 PM

कोरोना सङ्क्रमितको उपचार र व्यवस्थापनका लागि मेयरद्धारा २ निजी गाडी प्रदान

धुर्बसागर शर्मा   POSTED ON : बैशाख ३०, २०७८ (९:४७ PM)

कोरोना सङ्क्रमितको उपचार र व्यवस्थापनका लागि मेयरद्धारा २ निजी गाडी प्रदान

म्याग्दी ।म्याग्दीको बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले कोरोना संक्रमितको उपचार र व्यवस्थापनका लागि आफ्ना दुइवटा नीजि गाडी बेनी नगरपालिकालाई प्रदान गर्नु भएको छ ।

नगरपालिका भित्र कोरोना सङ्क्रमितको संख्या र उपचारका क्रममा मृत्यु  हुनेक्रम बढेपछि सङ्क्रमितलाई उपचारका लागि अस्पताल लैजान र आवश्यकताको आधारमा प्रयोग गर्न  नगरप्रमुख श्रेष्ठले आफ्ना २ वटा निजी बोलेरो जिप एम्बुलेन्सका रूपमा प्रयोग गर्ने गरी नगरपालिकालाई निःशुल्क प्रदान गर्नु भएको हो।

बिहिवार  नगरपालिकामा प्रमुख श्रेष्ठले एक चालकको खर्च समेत आफूले व्यक्तिगतरुपमा व्यहोर्ने गरी प्रमुख प्रशासकीय अधिकृत छविलाल सुबेदीलाई गाडीको साँचो हस्तान्तरण गर्नु भयो ।

नगरप्रमुख श्रेष्ठले उपलब्ध गराएको ग १ ज ७०६२ र ग १ ज६७६३ नम्बरको ९ सिट क्षमताको जिपले सङ्क्रमितलाई स्वास्थ्य संस्था र घरसम्म पु¥याउन प्रयोग गरिने नगरपालिकाले जनाएको छ ।

सवारीसाधनमा लाग्ने इन्धन नगरपालिका र एक सवारी चालकको खर्च भने नगरप्रमुख श्रेष्ठले व्यहोर्ने बताइएको छ । 

‘कोरोनाको लक्षण देखिएका बिरामीको उपचारमा कुनैपनि कमी हुदैन्,२४ घण्टा सवारीसाधन तयारी अवस्थामा हुन्छ’ नगरप्रमुख श्रेष्ठले भन्नुभयो।  उहाँले नगरवासीको सेवाका  लागि गाडी उपलब्ध गराएको जानकारी दिदैं नगरपालिका भित्र कोरोना सङ्क्रमण अन्त्य नहुँदासम्म आफ्ना दुईवटा सवारीसाधन नगरपालिकाले प्रयोग गर्ने बताउनु भयो । 

दुवै सवारीमा बिरामीका लागि आवश्यक अक्सिजनको समेत व्यवस्था हुने प्रमुख प्रशासकीय अधिकृत सुबेदीले जानकारी दिनु भयो ।उहाले सङ्क्रमितसंग सवार भएकालाई सङ्क्रमण फैलिन नदिने गरी संरचना समेत थप गर्न सकिने बताउनु भयो । नगरपालिकाले वडास्तरमै पुगेर स्बाब संकलन सहित सचेतनामुलक कार्यक्रम समेत गरिरहेको छ । हाल नगरपालिकामा रहेको सरकारी स्वामित्वका सवारीसाधन बाहेक अर्को एक सवारी साधन पनि भाडामा लिइएको छ । नगरप्रमुखले आफ्ना थप दुई गाडी उपलव्ध गराएपछि चारवटा गाडी एम्बुलेन्सको रुपमा चौबीसैघण्टा तयारी अवस्थामा रहका नगर कार्यपालिकाका सदस्य एवम् सवारीसाधन ब्यवस्थापन उपसमितिका संयोजक कृष्णकुमार विश्वकर्माले बताउनु भयो ।

 सवारी साधन हस्तान्तरण कार्यक्रममा उपमेयर सञ्जु बरुवाल, वडा नं ७ का अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ, स्वास्थ्य संयोजक लिला गौतम, शाखा अधिकृत युवराज थापा लगायतको उपस्थिती रहेको थियो । जिल्लामा रहेका २ सय ८ जना कोरोना सङ्क्रमितमध्ये बेनी नगरभित्र १ सय ३० जना रहेका छन् ।

Views: 80