21st June | 2021 | Monday | 1:36:28 PM

बुर्तिबाङबाट बिरामी लिएर गएको एम्बुलेन्स पाल्पामा दुर्घटना, तीन घाइते

डम्मर बुढा मगर   POSTED ON : बैशाख ३१, २०७८ (१०:०५ AM)

बुर्तिबाङबाट बिरामी लिएर गएको एम्बुलेन्स पाल्पामा दुर्घटना, तीन घाइते

बागलुङ । बागलुङको बुर्तिबाङदेखि बुटवल जाँदै गरेको एम्बुलेन्स पाल्पाको दोभानमा दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । शुक्रबार बिहान ४ बजे विपरित दिशा तर्फबाट आएको ट्रकले ठक्करदिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रदेश ३ ०१०२४ च ५९३० नम्बरको एम्बलेन्सलाई विपरित दिशाबाट आएको ट्रकले टक्कर दिएको प्रहरी चौकि दोभान पल्लपाका हवल्दार चुडामणी पोखरेलले जानकारी दिए । घाइते हुनेमा निसीखोला गाउँपालिका वडा नम्बर ६ का २४ वर्षीय सिताराम बोहोरा र अन्य दुई जना रहेका छन् । 

अन्य दुई जना समान्य छन् भने बोहोराको खुट्टामा चोट लागेको छ । एम्बुलेन्सले बिरामी लिएर बुटवल जाँदै गरेको बताइएको छ । बोहोरा बुर्तिबाङ इमरजेन्सी फार्मेसीका संचालक हुन । उनको फर्मेसीमा आएका बिरामीलाई बुटवल रिफर गरेको र आफू पनि स्वास्थ्य सामग्री लिन जाँदा दुर्घटनामा परेको घाइते बोहोराले बताए ।

एमबुलेन्स सामदायिक रेडियो ढोरपाटनले केही महिना अगाडी सञ्चालनमा ल्याएको थियो । घाईतेलाई तत्काल उघार गरी पाल्पाको तिनाउ गाउँपालिकाको एम्बलेन्समा राखेर बुटवल पठाइएको बताइको छ ।


Views: 51