स्याङ्जामा थप ११४ नयाँ सङ्क्रमित, ७ सङ्क्रमितको मृत्यु

युवराज पौडेल   POSTED ON : बैशाख ३१, २०७८ (६:३४ PM)

स्याङ्जामा थप ११४ नयाँ सङ्क्रमित, ७ सङ्क्रमितको मृत्यु

स्याङ्जा । स्याङ्जामा आज थप ११४ जना सङ्क्रमित थपिएका छन् । अघिल्लो दिनसम्म कुल सङ्क्रमितको सङ्ख्या ७३५ रहेकोमा आज ११४ थपिएर कुल सङ्क्रमितको सङ्ख्या ८४९ पुगेको छ । 

त्यसै गरी स्याङ्जामा आज थप ७ जना सङ्क्रमितको मृत्यु भएको छ । अघिल्लो दिनसम्म कोरोना सङ्क्रमितका कारण मर्नेको सङ्ख्या २२ थियो भने आज ७ जनाको मृत्यु भएपछि कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको कुल सङ्ख्या जिल्लामा २९ पुगेको स्वास्थ्य कार्यालय स्याङ्जाले जनाएको छ । 

त्यस्तै स्याङ्जामा आजसम्म सन्चो भई डिस्चार्ज हुने सङ्क्रमितको सङ्ख्या ८५  रहेको छ । होम आइसोलेसनमा रहेका सङ्क्रमितहरूको सङ्ख्या ६४६ छ भने ३५ जना सङ्क्रमितहरूलाई क्वारेन्टिनमा राखिएको छ । स्वास्थ्य संस्थामा सामान्य उपचार गराइरहेका सङ्क्रमितहरूको सङ्ख्या ५४ रहेको स्वास्थ्य कार्यालय स्याङ्जाले जनाएको छ । 

स्याङ्जा जिल्लामा हाल ११ वटा अस्पताल उपलब्ध छन् भने उपलब्ध बेड सङ्ख्या २९७ छ । जिल्लामा उपलब्ध एम्बुलेन्सको सङ्ख्या २५ छ भने अक्सिजन सिलिन्डर १६० वटा रहेको स्वास्थ्य कार्यालयको सूचनामा जनाइएको छ ।   


Top