पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट गण्डकीमा २३ जनाको मृत्यु

डम्मर बुढा मगर   POSTED ON : बैशाख ३१, २०७८ (८:०९ PM)

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट गण्डकीमा २३ जनाको मृत्यु

 बागलुङ । गण्डकी प्रदेशमा हरेक दिन कोराना संक्रमणबाट मृत्यु हुनेको दर तीव्र रुपमा  बढि रहेको छ । पछिल्लो २४ घण्टामा थप २३ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

पोखराका विभिन्न अस्पतालमा २२ जना र बागलुङको धौलागिरी अस्पतालमा १ जना गरी २३ जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

मृत्यु भएकाहरु मध्ये कास्कीका १० जना, स्याङ्जाका ६ जना, बागलुङ र तनहुँका ३ ÷ ३  जना तथा पाल्पाका १ जना हुन् । योसँग प्रदेशमा मृतकहरुको संख्या ३४१ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय जनाएको छ ।

कास्की जिल्लाको पोखरा महानगरपालिका–२५ का ४२ वर्षीय कोरोना संक्रमित पुरुषको आज गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा निधन भएको छ । उहाँलाई बैशाख २७ गते संक्रमण पुष्टि भएको थियो ।

स्याङ्जाको पुतलीबजार नगरपालिका–६ का ३३ वर्षीय कोरोना संक्रमित पुरुषको आज पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचारका क्रममा निधन भएको छ । उहाँलाई बैशाख ३१ गते संक्रमण पुष्टि भएको थियो ।

पोखरा महानगरपालिका–२३ का ७६  वर्षीय कोरोना संक्रमित पुरुषको आज गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा निधन भएको छ । उहाँलाई बैशाख २९ गते संक्रमण पुष्टि भएको थियो ।

पोखरा महानगरपालिका–१७ का ६३  वर्षीय कोरोना संक्रमित पुरुषको आज ग्यालेक्सी अस्पताल पोखरामा उपचारका क्रममा निधन भएको छ । उहाँलाई बैशाख २७ गते संक्रमण पुष्टि भएको थियो ।

स्याङ्जाको पुतलीबजार नगरपालिका–३  का ७०  वर्षीय कोरोना संक्रमित पुरुषको आज पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचारका क्रममा निधन भएको छ । उहाँलाई बैशाख १८ गते संक्रमण पुष्टि भएको थियो ।

स्याङ्जाको वालिङ–१०  का ५३  वर्षीय कोरोना संक्रमित पुरुषको आज  गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा निधन भएको छ । उहाँलाई बैशाख १९  गते संक्रमण पुष्टि भएको थियो ।

स्याङ्जाको गल्याङ–११  का ५७  वर्षीय कोरोना संक्रमित पुरुषको आज मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारका क्रममा निधन भएको छ । उहाँलाई बैशाख २६ गते संक्रमण पुष्टि भएको थियो ।

बाग्लुङ नगरपालिकाका–७ का ६३  वर्षीय कोरोना संक्रमित पुरुषको आज गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा निधन भएको छ । उहाँलाई बैशाख ३०  गते संक्रमण पुष्टि भएको थियो ।

तनहुँको भिमाद नगरपालिका–६  की ४४  वर्षीया कोरोना संक्रमित महिलाको आज गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा निधन भएको छ । उहाँलाई बैशाख २२  गते संक्रमण पुष्टि भएको थियो ।

पोखरा महानगरपालिका–१५ की ५४ वर्षीया कोरोना संक्रमित महिलाको हिजो फिस्टेल अस्पताल पोखरामा उपचारका क्रममा निधन भएको छ । उहाँलाई बैशाख २६ गते संक्रमण पुष्टि भएको थियो ।

पोखरा महानगरपालिका–४ का ८२  वर्षीय कोरोना संक्रमित पुरुषको हिजो चरक मेमोरिय अस्पताल पोखरामा उपचारका क्रममा निधन भएको छ । उहाँलाई बैशाख १६ गते संक्रमण पुष्टि भएको थियो ।

पोखरा महानगरपालिका–१३ का ४८  वर्षीय कोरोना संक्रमित महिलाको हिजो पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचारका क्रममा निधन भएको छ । उहाँलाई हिजो नै संक्रमण पुष्टि भएको थियो ।

पोखरा महानगरपालिका–२८ की ८२  वर्षीय कोरोना संक्रमित पुरुषको हिजो चरक मेमोरिय अस्पताल पोखरामा उपचारका क्रममा निधन भएको छ । उहाँलाई बैशाख २५ गते संक्रमण पुष्टि भएको थियो ।

पोखरा महानगरपालिका–३३ का ४० वर्षीय कोरोना संक्रमित पुरुषको हिजो गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा निधन भएको छ । उहाँलाई बैशाख २९ गते संक्रमण पुष्टि भएको थियो ।

पोखरा महानगरपालिका–१७ का ३१  वर्षीय कोरोना संक्रमित पुरुषको हिजो मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारका क्रममा निधन भएको छ । उहाँलाई बैशाख २७ गते संक्रमण पुष्टि भएको थियो ।

पाल्पाको तानसेन नगरपालिका–३ की ७७ वर्षीय कोरोना संक्रमित महिलाको हिजो मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारका क्रममा निधन भएको छ । उहाँलाई बैशाख ३० गते संक्रमण पुष्टि भएको थियो ।

कास्कीको रुपा गाँउपालिका–१  का ६६ वर्षीय कोरोना संक्रमित पुरुषको हिजो संक्रामक तथा सरुवा रोग अस्पता पोखरामा उपचारका क्रममा निधन भएको छ । उहाँलाई बैशाख २७ गते संक्रमण पुष्टि भएको थियो ।

स्याङ्जाको आँधीखोला–३  का ५१  वर्षीय कोरोना संक्रमित पुरुषको हिजो  गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा निधन भएको छ । उहाँलाई बैशाख २९गते संक्रमण पुष्टि भएको थियो ।

स्याङ्जाको गल्याङ–३  का २६  वर्षीय कोरोना संक्रमित पुरुषको हिजो  गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा निधन भएको छ । उहाँलाई बैशाख २९  गते संक्रमण पुष्टि भएको थियो ।

बाग्लुङको बडिगाड–४  का ४०  वर्षीय कोरोना संक्रमित पुरुषको हिजो  धौलागिरी अस्पतालमा उपचारका क्रममा निधन भएको छ । उहाँलाई बैशाख१९  गते संक्रमण पुष्टि भएको थियो ।

बाग्लुङको बाग्लुङ नगरपालिकाका ३९  वर्षीय कोरोना संक्रमित पुरुषको हिजो  मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको छ । उहाँलाई बैशाख २४  गते संक्रमण पुष्टि भएको थियो ।

तनहुँको शुक्ला गण्डकी नगरपालिका–६  का ४८  वर्षीय कोरोना संक्रमित पुरुषको हिजो गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा निधन भएको छ । उहाँलाई बैशाख १९  गते संक्रमण पुष्टि भएको थियो ।

तनहुँको म्याग्दे गाँउपालिका–३  की ५१ वर्षीय कोरोना संक्रमित पुरुषको हिजो गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा निधन भएको छ । उहाँलाई बैशाख २०  गते संक्रमण पुष्टि भएको थियो । गण्डकीका ११ जिल्लामा पछिल्लो समय संक्रमणको दर उच्च छ ।


Top