मुस्ताङमा लक्षण सहितका संक्रमित बढे

धु्रबसागर शर्मा   POSTED ON : जेठ १, २०७८ (९:५३ AM)

मुस्ताङमा लक्षण सहितका संक्रमित बढे

म्याग्दी । हिमालपारीको जिल्ला मुस्ताङमा लक्षण सहितका कोरोना संक्रमितको सख्या बढेपछि स्थानीय त्रसित भएका छन् ।

नयाँ भेरिएन्ट सहितको कोरोनाको दोस्रो लहरबाट अहिलेसम्म मुस्ताङमा ८९ जना संक्रमित भएका स्वास्थ्य कार्यालय  मुस्ताङले जनाएको छ । चारवटा गाउँपालिका रहेको मुस्ताङका सबै गाउँपालिकामा संक्रमित देखिएका स्वास्थ्य कार्यालय मुस्ताङका प्रमुख टीकाराम भण्डारीले जानकारी दिए ।

उनका अनुसार सङ्क्रमितलाई होम आइसोलेसन र अस्पतालमा राखिएको छ । उनीहरु उच्च निगरानीमा रहेका जनाइएको छ ।

लक्षण सहितका धेरै संक्रमितलाई  अक्सिजनको आवश्यकता रहेको उनले बताए । मुस्ताङ अस्पतालमा छ शैयाको आइसोलेसन बनाइएको र ती छ वटै शय्यामा अक्सिजनको व्यवस्था रहेको भएपनि भेण्टिलेटर र सघन उपचार कक्ष नहुँदा समस्या भएको उनको भनाइरहेको छ । 

मुस्ताङको जनसंख्या करिब १३ हजारको हाराहारीमा छ । थोरै जनसंख्या भएपनि जिल्लाको क्षेत्रफल ठूलो भएको र छरिएको बस्तीभएकाले व्यवस्थापनमा कठिनाइ उत्पन्न भएको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी जगदिश अर्यालले बताए ।



Top