गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप २८ जनाको मृत्यु

युवराज पौडेल   POSTED ON : जेठ २, २०७८ (१२:४८ PM)

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप २८ जनाको मृत्यु

स्याङ्जा । गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट थप २८ जनाको मृत्यु भएको छ । यससँगै कोरोना सङ्क्रमणका कारण गण्डकीमा मृत्यु हुनेको जम्मा सङ्ख्या ३८३ पुगेको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । 

कास्की जिल्ला पोखरा महानगरपालिका ९ कि ४३ वर्षीया कोरोना सङ्क्रमित महिला जेठ २ गते मेडिप्लस अस्पतालमा मृत्यु भएको छ । त्यस्तै पोखरा महानगरपालिका १४ का ८४ वर्षीय कोरोना सङ्क्रमित पुरुषको जेठ २ गते चरक मेमोरियल अस्पतालमा उपचारका क्रममा निधन भएको छ । 

काठमाडौं जिल्ला काठमाडौँ महानगरपालिका ३० कि ५३ वर्षीया कोरोना सङ्क्रमित महिलाको जेठ १ गते चरक मेमोरियल अस्पतालमा निधन भएको छ । रुपन्देही जिल्ला तिलोत्तमा १६ का ६० वर्षीय कोरोना सङ्क्रमित पुरुषको जेठ १ गते मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको छ ।

मुस्ताङ जिल्ला मुक्तिनाथ १ का ३३ वर्षीय कोरोना सङ्क्रमित पुरुषको जेठ १ गते मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको छ । पोखरा महानगरपालिका ९ का ४२ वर्षीय सङक्रमित पुरुषको जेठ १ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचारका क्रममा मृत्यु भएको छ । 

स्याङजा वालिङ १३ की ५६ वर्षीया कोरोना सङ्क्रमित महिलाको जेठ १ गते स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा मृत्यु भएको छ भने तनहूँ घिरिङ गाउँपालिका ३ का ६४ वर्षीय कोरोना सङ्क्रमित पुरुषको जेठ १ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारा क्रममा मृत्यु भएको छ । 

स्याङ्जा वालिङ ८ का ६२ वर्षीय कोरोना सङ्क्रमित पुरुषको जेठ २ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा मृत्यु भएको छ । पोखरा महानगरपालिका १५ का ८७ वर्षीय कोरोना सङ्क्रमित पुरुषको जेठ २ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचारका क्रममा मृत्यु भएको छ । 

पोखरा महानगर १५ का ५६ वर्षीय कोरोना सङ्क्रमित पुरुषको जेठ २ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा मृत्यु भएको छ । त्यस्तै बाग्लुङ कालीखोला ५ की ५० वर्षीया कोरोना सङ्क्रमित महिलाको जेठ १ गते गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा मृत्यु भएको छ । 

त्यस्तै स्याङ्जा वालिङ १३ का ५५ वर्षीय पुरुषको जेठ १ गते गण्डकी मेडिकल कलेज पोखरामा मृत्यु भएको छ । त्यस्तै वालिङ १ की ४९ वर्षीया कोरोना सङ्क्रमित महिलाको जेठ २ गते गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ । पोखरा महानगर १ कि कोरोना सङ्क्रमित ४९ वर्षीया महिलाको जेठ १ गते चरक मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ भने बाग्लुङ बडिगाड गाउँपालिका ४ कि ५४ वर्षीया कोरोना सङ्क्रमित महिलाको जेठ १ गते धौलागिरी अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको छ । 

गोरखा पालुङटार नपा २ का ६५ वर्षीय कोरोना सङ्क्रमित पुरुषको वैशाख ३१ गते आँपपिपल अस्पताल गोरखामा मृत्यु भएको छ भने लमजुङ दोर्दी गाउँपालिका ८ की ४६ वर्षीया कोरोना सङ्क्रमित महिलाको जेठ १ गते जिल्ला अस्पताल लमजुङमा उपचारका क्रममा मृत्यु भएको छ । 

लमजुङ बेसीशहर नपा ७ का ५७ वर्षीय कोरोना सङ्क्रमित पुरुषको जेठ १ गते चितवन मेडिकल कलेज चितवनमा उपचारको क्रममा मृत्यु भएको छ भने दाङ तुलसीपुर ६ का ५२ वर्षीय सङ्क्रमित पुरुषको जेठ २ गते ग्यालेक्सी अस्पताल पोखरामा मृत्यु भएको छ । 

नवलपरासी पूर्व जिल्ला मध्यविन्दु ५ कि ७० वर्षीय कोरोना सङ्क्रमित महिलाको वैशाख ३१ मा चोरमारा प्राथमिक स्वास्थ्य केन्द्र नवलपुरमा उपचारका क्रममा मृत्यु भएको छ । नवलपरासी कावासोती ३ कि ४३ वर्षीय कोरोना सङ्क्रमित महिलाको वैशाख ३१ गते चितवन मेडिकल कलेज चितवनामा उपचारका क्रममा मृत्यु भएको छ । 

म्याग्दी जिल्ला बेनी नगरपालिका ४ का ५९ कोरोना सङ्क्रमित पुरुषको जेठ २ गते सङ्क्रामक तथा सरुवा रोग अस्पताल पोखरामा मृत्यु भएको छ । त्यस्तै तनहूँ जिल्ला व्यास नगरपालिका ४ की कोरोना सङ्क्रमित महिलाको जेठ १ गते होम आइसोलेसनमा दुःखद् मृत्यु भएको छ । तनहूँ ब्यास १३ का ९१ वर्षीय कोरोना सङ्क्रमित पुरुषको जेठ २ गते नेसनल एपोलो अस्पताल तनहूँमा उपचारका क्रममा मृत्यु भएको छ । 

स्याङ्जा जिल्ला गल्याङ नगरपालिका ४ का ८६ वर्षीय कोरोना सङ्क्रमित पुरुषको जेठ २ गते कोरोना सङ्क्रमणका कारण होम आइसोलेसनमा मृत्यु भएको छ ।  स्याङ्जा जिल्ला अर्जुनचौपारी गाउँपालिका २ की ८० वर्षीया कोरोना सङ्क्रमित महिलाको जेठ २ गते जिल्ला अस्पताल स्याङ्जामा कोरोना सङ्क्रमणका कारण मृत्यु भएको स्वास्थ्य निर्देशनालाय पोखराले जनाएको छ ।


Top