21st June | 2021 | Monday | 1:39:59 PM

म्याग्दी कांग्रेसद्वारा एम्बुलेन्स र फुड बैंक सञ्चालन

ध्रुबसागर शर्मा   POSTED ON : जेठ २, २०७८ (१:३९ PM)

म्याग्दी कांग्रेसद्वारा एम्बुलेन्स र फुड बैंक सञ्चालन

म्याग्दी । नेपाली कांग्रेस म्याग्दीले कोरोना सङ्क्रमितहरुलाई अस्पताल लैजानका लागि एम्बुलेन्स र  निषेधाज्ञाका कारण रोजगारी गुमाएर खानलाई समस्या परेका मजदुरहरुको परिवारलाई लक्षित गरी बेनीबजारमा ‘फुड बैंक’ संचालन गरेको छ ।

गण्डकी प्रदेशमा नै कोरोना सङ्क्रमणको हटस्पट बनेको म्याग्दीमा जिल्लाभित्र उपचारमा सहज हुने गरी एम्बुलेन्स, हेल्प डेक्सको स्थापनाका साथै खाद्यन्न लगायतको सहयोगका लागि ‘फुड बैंक’ स्थापना गरिएको नेपाली कांग्रेस म्याग्दीले जनाएको छ ।

 हरेक दिन सङ्क्रमितको संख्या उकालो लागेपछि पार्टीले तीनवटै अभियानलाई एकसाथ सञ्चालन गर्न लागेको पार्टी सभापति खमबहादुर गर्बुजा ‘खम्बीर’ले बताउनुभयो । “संक्रमण फैलिएलगत्तै हाम्रो पार्टी संक्रमित र निषेधाज्ञाका कारण मारमा परेका मजदुरहरुको सहयोगका लागि विभिन्न अभियानहरु संचालन गरेर उनीहरुको घरदैलोमा पुगेको छ, अभियानलाई थप ब्यवस्थित बनाउने गरी टोली नै परिचालन गरेका छौं” सभापति गर्बुजाले भन्नुभयो ।

उहाँले कोरोना भाइरस संक्रमणको जोखिम रहेकाले घर बाहिर ननिस्कन समेत अनुरोध गदैं उपचार र खाद्यान्नको समस्या परेमा सम्पर्क गनै समेत अपिल गर्नुभएको छ । “विपद्को समयमा हामी सधै म्याग्देली जनताको साथमै छांै, उपचारको अभाव र भोकभोकै बस्न नपरोस् भनेर समुदायस्तरमै पुग्ने गरी अभियानको थालनी गरेका छौं ” सभापति गर्बुजाले भन्नुभयो ।

 नेपाली कांग्रेसको तरुण दलले स्थानीय तहमा उपचारमा सघाइरहेको अवस्थामा पार्टीले समेत सदरमुकामबाट बाहिर उपचारमा समस्या हुन नदिन थप सवारीसाधनको ब्यवस्थापन गरेको नेपाली कांग्रेस म्याग्दीका सहसचिव भरत रकालले बताउनुभयो ।

उहाँका अनुसार पार्टी कार्यालयमा कोरोना हेल्प डेक्सको समेत स्थापना गरी समस्यामा परेकालाई सम्बन्धित निकायमा जानकारी सहित फुड बैंकमा खाद्यन्न सङ्कलन भइरहेको छ । ‘समस्यामा परेकाहरुलाई दिन्छौं’ दिन सक्नेहरुबाट सहयोग लिन्छौं”सहसचिव रकालले भन्नुभयो ।

 म्याग्दीमा दोस्रोपटक निषेधाज्ञा थपिएका कारण विपन्न र मजदुर परिवालाई भोकै बस्नु नपरोस् भन्ने उद्देश्यले स्थापना गरिएको ‘फुड बैंक’ लाई प्रभावकारी बनाउन उपसमिति नै गठन गर्ने कांग्रेसले जनाएको छ । सोही अवसरमा गाउँमा समस्यामा परेका कृषकको समस्यालाई समेत सहजीकरण भइरहेको सह–सचिव रकालले बताउनुभयो । 


Views: 123