मन्त्री अर्यालको पहलमा स्वास्थ्य सामग्री पोखरा आइपुग्यो

युवराज पौडेल   POSTED ON : जेठ ३, २०७८ (१:१९ PM)

मन्त्री अर्यालको पहलमा स्वास्थ्य सामग्री पोखरा आइपुग्यो

स्याङ्जा । आज गण्डकी प्रदेशका लागि आवश्यक स्वास्थ्य सामाग्री काठमाडौंबाट पोखरा आइपुगेको छ । पशु तथा कृषिविकास मन्त्री पद्माकुमारी अर्यालको विशेष पहलमा नेपाल सरकारको तर्फबाट गण्डकी प्रदेशलाई अक्सिजन, पल्स अक्सिमिटर, सेनिटाइजर, माक्स, फेससिल्डलगायत अन्य स्वास्थ्य सामग्री पोखरा आइपुगेको हो । मन्त्री अर्यालले कोरोना भाइरसको दोस्रो लहरसगैँ देशको स्थिति जटिल बन्दै गएको र बाहिर निस्कन सक्ने अवस्थानभएको बताउदै आफै उपस्थित हुन नसके पनि प्रदेश र जिल्लामा स्वास्थ्य सामग्रीको अभाव हुन नदिने प्रतिबद्धता जनाउनु भएको छ ।

प्रदेशसँंगै मन्त्रीअर्यालले गृह जिल्ला स्याङ्जालाई स्वास्थ्य सामग्री वितरण गर्ने जनाइएको छ । गृह जिल्ला स्याङ्जा का लागि अक्सिजन सिलिन्डर,पल्स अक्सिमिटर ३० थान, मास्क ३५ हजार थान,सेनिटाइजर २ सय ६० लिटर, पिपिइ सेट ४ सय २० थान, गल्वस ३ हजार, थर्मोगन ३३ थान र पाँचथान अक्सिजन कन्सन्ट्रेटर पठाउनु भएको छ । उक्त स्वास्थ्य सामग्री मङ्गलबार स्याङ्जा जिल्लाका विभिन्न स्वास्थ्य कार्यालयहरूमा वितरण गरिने कार्यक्रम रहेको अर्यालयको सचिवालयले जनाएको छ । मन्त्री अर्यालले यो बेला सावधानी अपनाउदै सुरक्षित भइ घरमै बस्न सबै नागरिकलाई आग्रह समेत गर्नुभएको छ ।


Top