स्याङ्जामा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि, ५ संक्रमितको मृत्यु

युवराज पौडेल   POSTED ON : जेठ ३, २०७८ (५:०८ PM)

स्याङ्जामा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि, ५ संक्रमितको मृत्यु

स्याङ्जा । स्याङ्जा जिल्लामा आज थप ३५ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाले दिएको जानकारी अनुसार आज ५ जना सङ्क्रमितको मृत्यु भएको छ । यससँगै जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या १०४६ पुगेको छ भने कुल मृत्यु हुने सङ्क्रमितको सङ्ख्या ४७ पुगेको छ । 

आज भीरकोट नगरपालिकामा १० महिला र ७ पुरुष गरी १७ जनामा सङ्क्रमण पुष्टि भएको छ भने पुतलीबजर नगरपालिकामा ९ जना पुरुष र ९ जना महिलामा सङ्क्रमण पुष्टि भएको छ ।

कुल ८०१ जना होम आइसोलेसनमा र क्वारेन्टिनमा ३५ जना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । सामान्य उपचारमा रहेका सङ्क्रमितको सङ्ख्या ५७ रहेको छ । यस्तै १११ जना उपचारपछि डिस्चार्ज भएका छन् । 

स्याङ्जामा हाल २५ वटा एम्बुलेन्स, १० वटा एचडियु बेड र १६० वटा अक्सिजन सिलिण्डर उपलब्ध छन् । त्यस्तै जिल्लामा उपलब्ध बेड सङ्ख्या २९७ रहेको स्वास्थ्य कार्यालय स्याङ्जाले जनाएको छ ।


Top