कोरोना संक्रमणबाट बागलुङमा थप २ जनाको मृत्यु

  POSTED ON : जेठ ४, २०७८ (१२:२१ PM)

कोरोना संक्रमणबाट बागलुङमा थप २ जनाको मृत्यु

डम्मर बुढा मगर बागलुङ । बागलुङमा कोरोना संक्रमणबाट थप दुईजनाको मृत्यु भएको छ । काठेखोला गाउँपालिकाका एक पुरुष र बडिगाड गाउँपालिकाकी एक महिलाको मृत्यु भएको हो ।

धौलागिरी अस्पतालमा काठेखोला गाउँपालिकाका ८९ वर्षीय पुरुष र बडिगाड गाउँपालिका वडानम्बर ४ मा ७७ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।

काठेखोला गाउँपालिका ८९ वर्षीय पुरुष बैशाख२८ गते संक्रमण पुष्टिभएको थियो भने उनी स्वास्थ्यमा समस्या आएपछि २५ गते नै अस्पतालमा आएको घिमिलेको भनाई छ ।

बडिगाड गाउँपालिका वडा नम्बर ४ की ७७ वर्षीया महिलामा २२ गते कोरोना संक्रमण पुष्टिभएको उहाँले बताउनुभयो । योसँगै बागलुङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ ।


Top