गण्डकीमा मन्त्रिपरिषद विस्तार–पाँच मन्त्री नियुक्त

हिमालय टाइम्स   POSTED ON : जेठ ५, २०७८ (४:२६ PM)

गण्डकीमा मन्त्रिपरिषद विस्तार–पाँच मन्त्री नियुक्त

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले मन्त्रिपरिषद विस्तार गर्नुभएको छ । 

उहाँको मन्त्रिपरिषदमा ५ जना मन्त्री थपिएका छन् । नवनियुक्त मन्त्रीहरुले आज सपथ लिएका छन् ।

बुधबार किरण गुरुङले आर्थिक मामिला तथा योजनामन्त्री र रामशरण बस्नेत, विकस लम्साल र नरदेवी पुनले विना विभागीय मन्त्रीका रुपमा प्रदेश प्रमुख सीता पौडेलबाट पद तथा गोपनीयताको शपथ लिनु भयो । 

युवा तथा खेलकुदमन्त्री नियुक्त राजीव गुरुङ ‘दीपक मनाङे’ भने सपथमा सहभागी हुनुभएको थिएन । उहाँ कामविशेषले जिल्लाबाहिर भएकाले सपथग्रहण कार्यक्रममा सहभागी हुन नपाउने बिहानै मुख्यमन्त्री गुरुङलाई जानकारी दिएको बताइएको छ ।


Top