पछिल्लो २४ घण्टामा गण्डकीमा ३० संक्रमितको मृत्यु

डम्मर बुढा मगर   POSTED ON : जेठ ५, २०७८ (६:०५ PM)

पछिल्लो २४ घण्टामा गण्डकीमा ३० संक्रमितको मृत्यु

 बागलुङ । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा थप ३० जना कोरोना संक्रमितको मृत्यु भएको छ । पोखराका विभिन्न अस्पतालमा ११ जनासहित प्रदेशभरका ३० जना संक्रमितहरुको मृत्यु भएको स्वास्थ्य निर्देशनलाय गण्डकी प्रदेशका निर्देशक विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ९ का ४२ वर्षीय पुरुषको बुधबार मणिपाल शिक्षण अस्पताल वडा नम्ब्र १० का ४८ वर्षीया महिलाको बुधबार गण्डकी मेडिकल कलेज वडा नम्बर १५ का ७५ वर्षीय पुरुषको ग्यालेक्सी अस्पताल पोखरामा मृत्यु भएको निर्देशक शर्माको भनाई छ ।

पाल्पाको तानसेनकी ४४ वर्षीय महिलाको आज चरक मेमोरियल अस्पताल, पर्वत बिहादी गाउँपालिका वडा नम्बर ३ का ५७ वर्षीय कोरोना संक्रमित पुरुषको गण्डकी मेडिकल कलेज पोखरा महानगरपालिका–८ का ५९ वर्षीय पुरुषको गण्डकी मेडिकल कलेज पोखरामा मृत्यु भएको छ । 

पोखरा महानगरपालिका वडा नम्बर १४ का ५६ वर्षीय पुरुषको गण्डकी मेडिकल कलेज, पर्वतको कुश्मा नगरपालिका वडा नम्बर ९ का ५७ वर्षीय पुरुषको मणिपाल शिक्षण अस्पताल, स्याङ्जाको चापाकोट–५ का ७२ वर्षीय पुरुषको गण्डकी मेडिकल कलेज, स्याङ्जाको वालिङ–१ का ७६ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

त्यस्तै रुपन्देहीको सैनामैना–३ का ४९ वर्षीय पुरुषको मणिपाल शिक्षण अस्पताल, पर्वतको कुश्मा नगरपालिका वडा नम्बर ६ का ६० वर्षीय पुरुषको पर्वत जिल्ला अस्पताल, पर्वतको मोदी– २ की ७८ वर्षीय कोरोना संक्रमित महिलाको होम आइसोलेसनमा मृत्यु भएको हो ।

त्यस्तै पर्वतको जलजला गाउँपालिका वडा नम्बर ३ की ६० वर्षीय महिलाको जिल्ला अस्पताल पर्वत, नवलपरासी पूर्वको कावासोती ४ का ६८ वर्षीय पुरुषको मध्यविन्द अस्पताल, स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर १३ की ५५ वर्षीय महिलाको  चरक मेमोरियल अस्पतालमा मृत्यु भएको छ ।

स्याङ्जाको पुतली बजार–१ का ९२ वर्षीय पुरुषको जिल्ला अस्पताल स्याङ्जना, वालिङ–२ की ७७ वर्षीया महिलाको होम आइसोलेसन, गल्याङ–११ का २७ वर्षीय पुरुषको गौतम बद्ध अस्पताल बटवल  भिरकोट–३ की ७० वर्षीया महिलाको होम आइसोलेसनमा मृत्यु भएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर १४ का ५४ वर्षीय पुरुष, गोरखाको बकराङ–१ की ४८ वर्षीया महिलाको भरतपुर अस्पताल चितव नगोरखा नगरपालिका–७ का पुरुषको भरतपुर अस्पताल अजिरकोट–७ का ३० वर्षीय पुरुषको होम आइसोलेसनमा मृत्यु भएको । 

तनहुँको भानु–१२ की ६५ वर्षीय महिलाको चितवन मेडिकल कलेज बन्दीपुर–२ का पुरुषको बैशाख ११ गते भरतपुर अस्पताल चितवन, व्यास नगरपालिका वडा नम्बर १ का ४१ वर्षीय पुरुषको बैशाख ३० गते चितवन मेडिकल कलेज चितवनमा मृत्यु भएको छ ।

तनहुँको शक्लागण्डकी–५ का ८१ वर्षीय पुरुषको जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र तनहुँमा मृत्यु भएका निर्देशनलायले प्रेस विज्ञप्ती मार्फत जानकारी दिएको छ । योसँगै प्रदेशमा मृतकको संख्या ४२२ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । 


Top