स्याङ्जामा आज थप १०४ जनामा सङ्क्रमण, ४ संक्रमतिको मृत्यु

युवराज पौडेल   POSTED ON : जेठ ९, २०७८ (५:५८ PM)

स्याङ्जामा आज थप १०४ जनामा सङ्क्रमण, ४ संक्रमतिको मृत्यु

स्याङ्जा ।  स्याङ्जा जिल्लामा आज १०४ जना सङ्क्रमित थपिएका छन् । हिजोसम्म १४४९ जना जम्मा सङ्क्रमित रहेकामा आज १०४ थपिएर कुल सङ्क्रमितको सङ्ख्या जिल्लामा १५५३ जना पुगेको छ 

आजसम्म आँधीखोला गाउँपालिकामा महिला ४३ र पुरुष ४२, फेदीखोला गाउँपालिकामा महिला ९ र पुरुष ९२, पुतलीबजार नगरपालिकामा महिला ९२ र पुरुष ९२, भीरकोट नगरपालिकामा महिला ६८ र पुरुष ७४ सङक्रमित रहेका छन् । 

त्यसै गरी अर्जुन चौपारी गाउँपालकिामा महिला २६ र पुरुष ३२, वालिङ नगरपालिकामा महिला २५३ र पुरुष २७९, बिरुवा गाउँपालिकामा महिला १७ र पुरुष ४२ र हरिनास गाउँपालिकामा महिला १५ र पुरुष २२ सङक्रमित रहेको स्वास्थ्य कार्यालय स्याङ्जाले जनाएको छ ।

त्यस्तै, गल्याङ नगरपालिकामा महिला २९ र पुरुष ६१, चापाकोटमा महिला ७० र पुरुष ७४, कालीगण्डकीमा महिला ९४ र पुरुष १०७  सङ्क्रमित रहेका छन् । आजसम्म सङ्क्रमित महिला ७१६ र पुरुष ८३७ रहेको स्वास्थ्य कार्यालय स्याङ्जाले जनाएको छ । यस्तै कुल सक्रिय केस महिला ५५२ र पुरुष ६१० रहेको कार्यालयले जनाएको छ । 

हिजोसम्म मृत्यु हुनेको सङ्ख्या ६७ थियो भने आज ४ जना थपिएर स्याङ्जामा कुल मृत्यु हुनेको सङ्ख्या ७१ पुगेको जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाले जनाएको छ । आज थपिनेमा भीरकोट नगरपालिकाका १ महिला र १ पुरुष गरी २ जना तथा गल्याङ नगरपालिकाका २ जना पुरुष रहेको कार्यालयले जनाएको छ । 

त्यसै गरी आजसम्म स्याङ्जा जिल्लामा होम आइसोलेसनमा रहेका सङ्क्रमितहरुको सङ्ख्या १०६५ र क्वारेन्टिनमा रहेका सङ्क्रमितको सङ्ख्या ३७ रहेको छ । स्वास्थ्य संस्थामा सामान्य उपचार गराइरहेका सङ्क्रमितहरुको सङ्ख्या भने ५९ रहेको छ । हिजोसम्म डिस्चार्ज भई घर फर्कनेको सङ्ख्या ३२० रहेको छ । 


Top