नगर प्रमुख नेपालीले दिए धौलागिरी अस्पताललाई नगद पाँच लाख र ३० अक्सिजन सिलिण्डर

डम्मर बुढा मगर   POSTED ON : जेठ ९, २०७८ (६:५० PM)

नगर प्रमुख नेपालीले दिए धौलागिरी अस्पताललाई नगद पाँच लाख र ३० अक्सिजन सिलिण्डर

 बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका नगर प्रमुख देव कुमार नेपालीले व्यक्तिगत रुपमा धौलागिरी अस्पताललाई नगद सहित अक्सिजन सिलिण्डर सहयोग गर्नुभएको छ । 

कोरोना महामारीमा नागरिकको जीवन रक्षा आफ्नो प्रमुख दायित्व भएकाले व्यक्तिगत रुपमा पाँच लाखसहित ३० अक्सिजन सिलिण्डर आइतबार अस्पताललाई हस्तान्तरण गर्नुभएको छ । अस्पतालमा अत्यावश्यक औषधी तथा स्वास्थ्य सामग्री खरिदका लागि पाँच लाख र ३० अक्सिजन सिलिण्डर सहयोग गर्नुभएको हो । 

नगर प्रमुख नेपालीले धौलागिरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी राना मगरलाई नगद तथा सिलिण्डर हस्तान्तरण गनुृभएको छ । उहाँले ३० सिलिण्डर करिब ९ लाखको लागतमा खरिद गरेर सहयोग गरेको बताउनुभयो । सहयोग हतान्तरण कार्यक्रममा नगर प्रमुख नेपालीले आफूले व्यक्तिगत रुपमा ६५ थान अक्सिजन सिलिण्डर खरिद गरेकोमा ३० थान धौलागिरी अस्पताललाई र ३० थान आफ्नो नगरपालिकाको केन्द्रमा रहेको बुर्तिबाङ प्राथमकि स्वास्थ्य केन्द्रलाई सहयोग गरेको बताउनुभयो । 

यस्तै आफ्ना नागरिकलाई अत्यावश्यक अवस्थामा भनेर पाँच सिलिण्डर अक्सिजन पोखरामा राखेको बताउनुभयो । ‘यो महामारीमा नागरिकको जीवन रक्ष ागर्ने हामी सबैको दायित्व हो, मैलो सानो भए पनि सहयोग गरेको छु, ६० थान अक्सिजन सिलिण्डर मध्ये ३० थान धौलागिरी अस्पताललाई प्रदान गरे भने ३० थान बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई दिनेछु’ नेपालीले भन्नुभयो ।

सामान्य कोरोनाका बिरामी ढोरपाटनमा उपचार गरिने र जटिल प्रकारका बिरामी धौलागिरी अस्पताल पठाइने भएकाले अस्पताललाई नगद सहित अक्सिजन सहयोग गरेको बताउनुभयो । धौलागिरी अस्पतालमा नगरप्रमुख नेपालीले प्रदान गरेको ३० थान अक्सिजन सहित १३६ अक्सिजन सिलिण्डर अस्पातको स्वामित्वमा र फिर्ता गर्नेगरी व्यवसायीले प्रदान गरेका ५३ अक्सिजन सिलिण्डर रहेका छन् ।

कोरोना महामारीमा अस्पतालमा अक्सिजन सिलिण्डर कमी भएर नागरिकको उपचारमा समस्या नहोस भन्नका लागि नगर प्रमुख नेपालीले नगद सहित सिलिण्डर सहयोग गर्नु अत्यन्तै सहनीय काम भएको धौलागिरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी राना मगरले बताउनुभयो । अस्पतालमा केही दिनमै नयाँ अक्सिजन प्लान्ट स्थापना गर्ने नेपाल सरकारको तयारी समेत रहेको छ । 

अक्सिजन प्लान्ट व्यवस्थापनका लागि प्रक्रिया अगाडी बढाइएको भन्दै केही दिनमै डेण्डर प्रक्रिया अगाडी बढाइने अध्यक्ष राना मगरको भनाई छ ।

नगद र सिलिण्डर हस्तान्तरण गदै ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली । तस्बिर ः डम्मर बुढा मगर÷हिमालय टाइम्स


Top