म्याग्दीमा ७ दिन थपियो निषेधाज्ञा

ध्रुबसागर शर्मा   POSTED ON : जेठ ९, २०७८ (८:०० PM)

म्याग्दीमा ७ दिन थपियो निषेधाज्ञा

म्याग्दी । म्याग्दीमा भोली सोमबारदेखि लागुहुने गरी ७ दिनका लागि निषेधाज्ञा थप गरिएको छ ।  यस अघि बैशाख ३१ गतेदेखि जारी निषेधाज्ञा  भोली सोमबार सकिदैछ । 

जिल्लामा कोरोना संक्रमणको दर बढ्ढै गएपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि आइतबार प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको भर्चुअल बैठकले आगमी जेठ १७ गतेसम्म लकडाउन थप गर्ने निर्णय गरेको हो ।

‘जिल्ला स्थित सबै स्थानीय तहसंगको छलफलपछि म्याग्दीमा निषेधाज्ञालाई सात दिन लम्ब्याउने सहमति भएको हो’ प्रजिअ अधिकारीले बताए । जारी लकडाउनलाई कडाई गरिएको छ ।

जारी लकडाउनमा सदरमुकाम बेनी संगै जिल्लाका सबै स्थानीय तहमा यातायातका सवारी साधन सञ्चालन हुन सकेका छैनन् भने अत्यावश्यक बाहेकका सबै पसलहरु बन्द भएका छन् ।

तरकारी, फलफुल ,दुध ,डेरीजन्य उत्पादन ,ग्यास लगायतका अत्यावश्यक सेवाका पसलहरु स्वास्थ्य सुरक्षा मापदण्डहरुको पुर्ण पालन गरी विहान ५ बजेदेखि ८ बजेम्म संचालन गर्न अनुमति दिइएको छ । निषेधाज्ञा आगमी जेठ १७ गतेसम्म जारी रहने छ ।


Top