नवलपुरस्थित चौधरी उद्योगको बियर प्लान्टमा आगलागी

गोपिकृष्ण चापागाईं   POSTED ON : जेठ १९, २०७८ (१०:२९ AM)

नवलपुरस्थित चौधरी उद्योगको बियर प्लान्टमा आगलागी

नवलपुर । नवलपरासी (बर्दघाट सुस्ता पुर्व) नवलपुरको देवचुलीमा रहेको चौधरी उद्योगमा आगलागी भएको छ । देवचुली नगरपालिका वडा नं. २ मा रहेको सिजी (चौधरी ग्रुप)को नेपाल आइस बियर प्लाण्टमा बुधबार विहान अचानक आगलागी भएको छ । अहिले पनि आगो नियन्त्रणमा आएको छैन । 

आज बिहान ८ बजेबाट लागेको आगो प्रहरी, दमकल र कामदारहरुले नियन्त्रणको लागि प्रयास गरिरहेको छ । सिजि ग्रुपका प्रमुख बिनोद चौधरी पनि अहिले आगलागी भएको स्थानमा पुगिसक्नु भएको छ । 

Top