लागु औषध र भरुवा बन्दुकसहित दुई युवा पक्राउ

डम्मर बुढा मगर   POSTED ON : जेठ २०, २०७८ (१०:३२ AM)

लागु औषध र भरुवा बन्दुकसहित दुई युवा पक्राउ

लागु औषध र भरुवा बन्दुकसहित ढोरपाटनमा दुई जना पक्राउ परेकाछन् ।  जिल्लाको ढोरपाटन नगरपालिका वडा नम्बर ४ भाङ्गीका दुई युवालाई प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय बुर्तिबाङ पुगेको टोलीले दुई युवाहरुले घरमालुकाई छिपाई राखेको करिब साढेँ २ किलो चरेस, ७ किलो गाँजाको धुलो र एक थानभरुवाबन्दुक सहितपक्राउ परेको प्रहरीले जनाएको छ । प्रहरीले ढोरपाटननगरपालिका–४ भाङ्गीका ३४ वर्षीय जितबहादुर पुन र सोहीगाउँका ३८वर्षीय डम्बर बहादुर पुनलाई पक्राउ गरेको हो ।

सुकाकीको आधारमा प्रहरीले खोजतलास गर्दा उनीहरुबाट चरेश, गाँजाको धूलो र भरुवा बन्दुक जफत गरिएको ईलाका प्रहरी कार्यालय बुर्तिबाङ प्रहरी निरिक्षक जयराम बन्तले बताए । गाँजाको कारोवार गरेको भन्ने सूचना प्रहरीकोमा आएपछि प्रहरी टोली गाउँमै पुगेर बरामद गरेको प्रहरीको भनाई छ । 

जितबहादुरको घरबाट साढेँ २ किलो गाजाँको धुलो र डम्बर बहादुरको घरबाट २ किलो २ सय ग्राम चरेस, साढेँ ४ किलो गाजाँको धुलो र एक थान एकनाले भरुवा बन्दुक बरामद गरिएको प्रहरी निरीक्षक वन्तले जानकारी दिए । उनीहरु दुबैजनालाई थप अनुसन्धानका लागि बुधबार जिल्ला प्रहरी कार्यालय बागलुङ पठाइएको प्रहरीले बताएको छ ।


Top