संक्रमणको दर नघटेपछि बागलुङमा थप एक हप्ता लकडाउन थपियो

डम्मर बुढा मगर   POSTED ON : जेठ २१, २०७८ (१२:५८ PM)

संक्रमणको दर नघटेपछि बागलुङमा थप एक हप्ता लकडाउन थपियो

बागलुङ । कोरोना संक्रमणको दर नघटे पछि बागलुङमा थप एक साता लकडाउन थप गरिएको छ । शुक्रबार सबेको जिल्ला कोभिड संकट व्यवस्थापन समिति डिसिसिएमसीको बैठकले थप एक साता लकडाउन गर्ने निर्णय गरेको बागलुङका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताउनु भयो ।

‘बैंक वित्तीय संस्था सञ्चालनलाई भने केही खुकुलो बनाइएको र अब बैंक वित्तीय संस्था बुधबार र आइतबार विहान ७ बजे देखि १० बजे सम्म खुल्ला रहने छ’ प्रजिअकार्कीले जानकारी दिनुभयो ।

बैठकले जेठ ३१ गतेसम्म का लागि लकडाउन थप गर्ने निर्णय गरेको बताइएको छ । बैशाख २१ गतेदेखि लकडाउन थालिएको थियो । संक्रमणको दर दिनदिनै बढेपछि जेठ १ गतेदेखि १५ गते र १४ देखि जेष्ठ २२ सम्म लकडाउन थप गरेको थियो । 

संक्रमितको संख्या अझै पनि एक हजार हाराहारीमा छ, यसको ‘चेन ब्रेक’गर्नका लागि जिल्लामा लकडाउन जारी गरिएको हो’ प्रजिअ कार्कीले भन्नुभयो ‘अझै पनि संक्रमितको संख्याबढि रहेको हुँदा लकडाउनलाई निरन्तरता र कडाई गरिने निर्णय भएको छ ।’

हाल जिल्लामा एक हजार ७८ जना सक्रिय संक्रमित रहेका छन् । त्यस मध्य अधिकांश होम आइशोलेसनमा रहेको बताइएको छ । संक्रमणबाट जिल्लामा मृत्यु हुनेको सं ४३ पुगेको छ ।

हालसम्म जिल्लामा तीनहजार आठ यस ८१ जनामा कोरोना पुष्टिभएको स्वास्थ्य कार्यालय बालुङले जनाएको छ ।


Top