बागलुङमा संक्रमण र मृत्युदर तेब्बरले बढ्यो

डम्मर बुढा मगर   POSTED ON : जेठ २१, २०७८ (५:५२ PM)

बागलुङमा संक्रमण र मृत्युदर तेब्बरले बढ्यो

 बागलुङ । बागलुङमा कोरोनाको दोस्रो लहरमा संक्रमण र मृत्युदर गत वर्षको तुलनामा तेब्बरले बढेको छ । स्वास्थ्य कार्यालय बागलुङको तथ्याङ्क हेर्दा डेढ महिनाको अवधीमा ३३ संक्रमितको मृत्यु भएको छ । कोरोनाको पहिलो लहर  करिब एक वर्षमा जम्मा ११ जनाको मृत्यु भएको थियो । पहिलो लहर भन्दा दोस्रोमा बागलुङ निकै तीव्र गतिमा संक्रमण र मृत्युदर बढेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिनुभयो ।

उहाँले नागरिकको लापरवाही र दोस्रो भेरियन्ट बढी संक्रमक भएको हुँदा संक्रमण र मृत्युदर बढेको बताउनुहुन्छ । ‘गत वर्ष नागरिकहरु पनि केही डराएको पाइएको थियो, सजकता अपनाएको पाइएको थियो, त्यति धेरै संक्रमण फैलिएको थिएन, मृत्युदर पनि निकै कम थियो,’ प्रमुख गुरौले भन्नुभयो ‘अहिले दोस्रो भेरिएन्ट बढी संक्रामक भएको र नागरिकको हेलचक्राइका कारण मृत्युदर र संक्रमण दर निकै बढ्यो ।’

जिल्लामा अझै पनि संक्रमणको दर बढ्न सक्ने सरोकारवाला बताउँछन् । नागरिकले सजकता नअपनाएसम्म संक्रमण नियन्त्रण भन्द बाहिर जान ससक्ने उनीहरुको भनाई छ । प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्कीले जिल्लामा संक्रमण रोकथामका लागि धेरै प्रयासहरु भएको भन्दै लकडाउनलाई थप कडाई गरेको बताउनुभयो ।

उहाँले स्थानीय तहहरुलाई पनि कोरोना रोकथाम तथा नियन्त्रणका लागि सक्रिय बन्न आग्रह गरि रहेको भन्दै स्थानीय स्तरबाटै सबै नागरिक लाग्नु पर्नेमा जोड दिनुभयो ।

‘हामीहरुले मात्रै नियन्त्रण गर्न खोजेर मात्रै संक्रक्रमण नियन्त्रणमा आउँदैन, नागरिकनै सहजक हुनु पर्छ, हामीले त गत वर्षदेखि नै प्रयासहरु गरेकै छौँ तर नागरिकहरु अटिरी बन्दै गएको हुँदा संक्रमण र मृत्युदर बढेको छ’ प्रजिअ कार्कीले भन्नुभयो ।

हाल बागलुङमा एक हजार ७८ जना संक्रिय संक्रमित छन् । त्यस मध्य अधिकांश होम आइशोलेसनमा रहेका छन् । बागलुङमा कोरोना संक्रमण मुक्त हुनेको दर ७२ प्रतिशत रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।  

अहिले जिल्लामा रहेको संक्रिय संक्रमित संख्या हालसम्मकै उच्च हो । गत वर्ष यसको एक तिहाई थोरै थिए । जिल्लामा हालसम्म तीन हजार तीन हजार ८८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गत वर्ष करिब साढे ११ सय मात्रै थियो ।


Top