गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले २७ गते विश्वासको मत लिने

हिमालय टाइम्स   POSTED ON : जेठ २५, २०७८ (२:३६ PM)

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले २७ गते विश्वासको मत लिने

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जेठ २७ गते विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता भएको छ ।

प्रदेश सभामा ठूलो दलको नेताका हैसियतले वैशाख २९ गते प्रदेश प्रमुख सीताकुमारी पौडेलबाट मुख्यमन्त्री नियुक्त हुनुभएको मुख्यमन्त्री गुरुङले ३० दिन भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

सोही संवैधानिक प्रावधानअनुसार मुख्यमन्त्री गुरुङले प्रदेशसभामा विश्वासको मत लिन लाग्नु भएको हो ।


Top