बागलुङका ४७ वडामा कोरोना संक्रमण उच्च, १३ वडामा शुन्य

डम्मर बुढा मगर   POSTED ON : जेठ २६, २०७८ (४:४४ PM)

बागलुङका ४७ वडामा कोरोना संक्रमण उच्च, १३ वडामा शुन्य

 बागलुङ । बागलुङमा कोरोना संक्रमणको दर लामो समयदेखि एक हजार हाराहारीमा छ । यो दुई हप्तादेखि संक्रमण पुष्टि हुने र निको हुने संख्याको आधारमा अहिले संक्रमण एक हजार हाराहारीमा छ । 

जिल्लाको ८५ वडामा कोरोनाको उच्च जोखिममा ४७ वडा रहेको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । स्वास्थ्य कार्यालय बागलुङले हालै सार्वजनिक गरेको तथ्याङ्क अनुसार जिल्लामा अझै कोरोना संक्रमण उच्च रहेको बताएको छ । जिल्लाका ४ नगरपालिका र ६ गाउँपालिका मध्ये सबै भन्दा बढी जोखिममा बागलुङ नगरपालिका र सबैभन्दा कम जोखिम भएको निसीखोला गाउँपालिका रहेको छ ।  

स्वास्थ्य कार्यालय बागलुङका कोरोना स्रोत व्यक्ति देवप्रकाश घिमिरेका अनुसार बागलुङमा अझै कोरोनाको जोखिम कायमै रहेको बताउनुभयो । उहाँले जोखिमका आधारमा पालिकाका वडालाई छुट्याउँदा ४७ वडा उच्च जोखिममा २५ वडा मध्यम र १३ वडामा संक्रमण शुन्य  देखिएको छ । 

बागलुङ नगरपालिकाका १४ वडा मध्ये १३ वटा वडा उच्च जोखिममा र एक वडा (रायडाँडा) मध्यम जोखिममा छ । नगरपालिकामा जिल्लामै सबैभन्दा बढी ३ सय ८६ जना सक्रिय संक्रमित छन् । 

गलकोट नगरपालिकाको ११ वडा मध्ये १० वटा वडा उच्च जोखिममा र एक वटा वडा (वडा नम्बर १०) शुन्य जोखिममा रहेको पाइएको छ । गलकोटमा हाल २ सय ६४ सक्रिय संक्रमित छन् । जैमिनी नगरपालिकाका १० वटा वडा मध्ये ६ वटा वडाहरु वडा नम्बर १, २, ५, ६, ७ र ८ उच्च जोखिममा तीन वटा वडाहरु वडा नम्बर ३,९ र १० वडा मध्ये र  एक वटा वडा (वडा नम्बर ४) मा संक्रमण जोखिम देखिएको छैन । जैमिनीमा हाल १७४ सक्रिय संक्रमित छन् ।  

काठेखोला गाउँपालिकाको ८ वटा वडा मध्ये छ वटा वडाहरु वडा नम्बर १,३,४,५,७ र ८ उच्च जोखिममा र २ वटा वडा वडा नम्बर २ र ६ मध्यम जोखिममा रहेको पाइएको छ । काठेखोलामा १ सय ६४ संक्रिय संक्रमित छन् । 

जिल्लाको बडिगाड गाउँपालिकाका १० वटा वडा मध्ये चार वटा वडा वडा नम्बर १,२,४ र ५ उच्च जोखिममा, तीन वटा वडा नम्बरहरु ३, ७ र ८ मध्यम जोखिममा र तीन वटा वडा नम्बरहरु ६, ९ र १० मा शुन्य संक्रमण छ । 

जिल्लाको तमानखोलाको ६ वटा वडा मध्ये दुई वडा २ र ३ मा  उच्च जोखिममा र वडा नम्बर १ मध्यम र तीन वटा वडाहरु ४, ५ र ६ मा शुन्य संक्रमण देखिएको छ । 

जिल्लाको ढोरपाटन नगरपालिकाको ९ वटा वडा मध्ये चार वडाहरु १,३,४ र ५ उच्च जोखिममा, तीन वटा वडाहरु २, ६ र ७ मा मध्यम तथा दुई वटा वडाहरु ८ र ९ मा  शून्य जोखिममा रहेको पाइएको छ भने बरेङ गाउँपालिका–१ मा एकै वडामा ४३ जना संक्रिय संक्रमित छन् । बरेङको वडा नम्बर २, ३ र ४ वडामा मध्यम जोखिम र ५ नम्बर वडा शुन्य संक्रमण छ । 

ताराखोला गाउँपालिकाको वडा नम्बर १ मा २० जना सक्रिय संक्रमित छन् । गाउँपालिकाको वडा नम्बर २, ३ र ५ मा मध्यम जोखिम र वडा नम्बर ४ शुन्य संक्रमण रहेको पाइएकोे छ । 

निसीखोला गाउँपालिकामा जिल्लाका सबै पालिकाहरुमा भन्दा कम संक्रमित छन् । यहाँ कुनै पनि वडा कोरोनाको उच्च जोखिममा छैनन् । ७ वटा वडा रहेको गाउँपालिकामा २, ३, ४, ५, ६ र ७ नम्बर वडा मध्यम जोखिममा र वडा नम्बर १ मा कोरोनाको जोखिम शुन्य छ । यस पालिकामा अहिले जम्मा १६ जना संक्रिय संक्रमित छन् । 

जिल्लामा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४६ पुगेको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।


Top