गण्डकीमा नयाँ सरकारका लागि दाबी पेश गर्न प्रदेश प्रमुखको आह्वान

हिमालय टाइम्स   POSTED ON : जेठ २८, २०७८ (३:५९ PM)

गण्डकीमा नयाँ सरकारका लागि दाबी पेश गर्न प्रदेश प्रमुखको आह्वान

पोखरा ।  गण्डकी प्रदेशका प्रदेश प्रमुख सीता पौडेलले गण्डकीमा नयाँ सरकारका लागि दाबी पेश गर्न आह्वान गर्नुभएको छ ।

हिजो भएको मतदामा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत प्राप्त गर्न सक्नुभएन, गुरुङको सरकार ढलेपछि प्रदेश प्रमुख पौडेलले भोलि २९ गते दिउँसो ३ बजेसम्म मुख्यमन्त्री नियुक्तिका लागि आधार पेश गर्न प्रदेशसभा सदस्यहरुलाई आह्वान गर्नुभएको छ ।

प्रदेश प्रमुख पौडेलले संविधानको धारा १६८(३) अनुसार नियुक्त मुख्यमन्त्री पदमुक्त भएपछि १६८(५) अनुसार सरकार गठनको प्रक्रिया सुरु गर्नुभएको हो ।



Top