ट्याक्टर दुर्घटना हुँदा शिक्षिकाको मृत्यु

डम्मर बुढा मगर   POSTED ON : जेठ २९, २०७८ (११:३० AM)

ट्याक्टर दुर्घटना हुँदा शिक्षिकाको मृत्यु

बागलुङ । बागलुङ नगरपालिका वडा नम्बर ६ मा ट्याक्टर दुर्घटनाहुँदा एक जनाको मृत्यु भएको छ । ट्याक्टर दुर्घटनामा बागलुङ नगरपालिका वडा नम्बर ६ की ५२ वर्षीया कमलाकुमारी शर्माको मृत्यु भएको वडा सचिव रुद्र केसीले जानकारी दिनुभयो । शनिबार बिहान ९ बजे ग १ त ६३०३ नम्बरको ट्याक्टर सिकाउने क्रममा दुर्घटना हुँदा शर्मालाई ठक्कर दिएको र उहाँको मृत्यु भएको वडा सचिव केसीको भनाई छ । मृतक शर्मा सोही गाउँको एक विद्यालयकी शिक्षिका हुनुहुन्छ ।


Top