गण्डकी मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरूङको पनि दाबी

हिमालय टाइम्स   POSTED ON : जेठ २९, २०७८ (४:३१ PM)

गण्डकी मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरूङको पनि दाबी

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङले पनि दाबी गर्नुभएको छ । उहाँले राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको समर्थनको पत्रसहित दावी पेश गर्नुभएको हो ।

गुरूङले जनमोर्चाको कृष्ण थापाको पत्र र जसपाको महन्थ ठाकुर पक्षको पत्रसहित दाबी गर्नुभएको हो 

विश्वासको मत दिने बेलामा तटस्थ बस्नुभएको जनमोर्चा सांसद कृष्ण थापाले आफ्नो साथ अहिलेकै सरकारलाई रहेको बताएको भन्दै दाबी पेस गर्नुभएको छ ।  पार्टीले आफूलाई गरेको कारबाही गैह्रकानुनी भएको भन्दै थापाले मुख्यमन्त्रीमा गुरूङलाई समर्थन गर्ने बताउनु भएको छ ।

२७ गते विश्वासको मत नपाउनु भएको गुरूङले अहिले फेरि दाबी गर्नुभएको छ ।

यसअघि  शुक्रबार  नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपालीले आफ्नो पक्षमा रहेका ३१ जना सांसदलाई प्रदेश प्रमुखकै सामुन्नेमा श–शरीर उपस्थित गराई मुख्यमन्त्रीको दाबी गरिसक्नु्भएको छ ।

जेष्ठ २७ गते प्रदेशसभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत गुमाएपछि वैकल्पिक सरकार गठनका लागि प्रदेश प्रमुख पौडेलले आज तीन बजेसम्मको समय दिनुभएको थियो ।


Top