गण्डकी प्रदेश प्रमुखको निवास अगाडि विपक्षी सांसदको धर्ना

हिमालय टाइम्स   POSTED ON : जेठ २९, २०७८ (५:१७ PM)

गण्डकी प्रदेश प्रमुखको निवास अगाडि विपक्षी सांसदको धर्ना

पोखरा । गण्डकी प्रदेश प्रमुखको निवास अगाडि विपक्षी गठवन्धनका सांसदहरुले धर्ना दिएका छन् ।

प्रदेश मुख्यमन्त्रीका लागि पृथ्वीसुब्बा गुरुङले फेरि दावी पेश गरेपछि विपक्षी गठवन्धन विरोधमा उत्रेको हो ।

प्रदेश प्रमुखले मुख्यमन्त्री पदका लागि दाबी गर्न दिएको २४ घण्टाको समय सकिएपछि वैकल्पिक सरकार निर्माणको दबाब दिन गण्डकी प्रदेशका विपक्षी सांसद प्रदेश प्रमुख निवासमै धर्नामा बसेका हुन् ।

अहिले विपक्षी सांसदहरु प्रदेश प्रमुख निवास बाहिर बसेका छन् भने निवास वरपरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।


Top