पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

डम्मर बुढा मगर   POSTED ON : असार १, २०७८ (१०:१४ AM)

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

बागलुङ । सडकमाथि देखि पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । निरन्तर वर्षाका कारण लोकमार्ग अन्तर्गतको पर्वतको कुश्मा नगरपालिका वडा नम्बर १ सहस्र धारामा पहिरो खस्दा सोमबार रातिदेखि नै सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । निरन्तर पहिरो झरिरहेकाले तत्काल खुलाउन समस्या रहेको ट्राफिक प्रहरी प्रमुख कृष्णथापाले जानकारी दिनुभयो ।वर्षा रोकिए लगत्तै खुलाउन प्रयास गरिने उहाँको भनाई छ । त्यस्तै म्याग्दी र मुस्ताङ जोड्ने बेनी–मालढुङ्गा सडकसमेत अवरुद्धभएको छ । जलजला गाउँपालिका–८ नाङ्लीवाङको फर्से, वडानम्बर ७ को केराबारी र वडानम्बर ३ को लामाखेतमा पहिरो जाँदा सडक अवरुद्ध भएको ट्राफिक प्रहरी प्रमुख थापाले जानकारी दिनुभयो ।

सोमबार रातिदेखि नै सडकअवरुद्ध भए पनि वर्षा निरन्तर जारी रहेको र पहिरो खस्ने क्रम नरोकिएकाले तत्काल खुलाउन सक्ने अवस्था नभएको उहाँको भनाई छ । वर्षा रोकिने बित्तिकै सबै सडक खुलाइने उहाँले बताउनुभयो ।  सडक बन्द हुँदा बागलुङ, म्याग्दी र मुस्ताङबाट छुटेका माल वाहक सवारी, एम्बुलेन्सलगायत खाद्यान्न र बिरामी बोकेका सवारी साधन अलपत्र बनेका छन् भने अन्यत्रबाट आएका सवारी साधनसमेत पर्वतको सहस्रधारामा अलपत्र बनेका छन् ।


Top