बागलुङ बजार जलमग्न

डम्मर बुढा मगर   POSTED ON : असार १, २०७८ (६:०६ PM)

बागलुङ बजार जलमग्न

बागलुङ  । निरन्तरको वर्षातको कारण बागलुङ बजार जलमग्न भएको छ । बागलुङ बजारमा अव्यवस्थित नालीका कारण बागलुङ बजार जलमग्न भएको हो । बागलुङ बजारको रातामाटा देखि आएको भेल बागलुङ बजारमा छिरेपछी सडक नालीले धान्न नसकेपछि बागलुङ बजार जलमग्न भएको छ ।

बागलुङ बजारमा अव्यवस्थित घर निर्माण तथा सडकनाली थुनिदा बागलुङ बजार जलमग्न भएको स्थानीय रमेश पौडेलले बताउनुभयो । 

अहिले बागलुङ बजारको शिवधाराचोक, लालीगुराँस चोक, पुरानो गोदाम चोक डुवानमा परेको छ । सडक डुबान हुँदा एक दर्जन भन्दा बढी घरभित्र पानी पसेर क्षती पु¥याएको छ । नगरपालिकाले नालि व्यवस्थापनका लागि वर्षेनी बजेट विनियोजन गर्दै आएपनि सडक नाली अझै व्यवस्थित हुन सकेको छैन ।

बागलुङ बजार माथीको रातामाटा र हाडेपाखा क्षेत्रको भल अव्यवस्थित तरिकाले बागलुङ बजारमा छिर्ने गरेकाले समस्या भएको बागलुङ नगरपालिकाले जनाएको छ । यसको दिर्घकालिन समाधानका लागि नगरपालिकाले काम गरिरहेको जनाएको छ । नगरपालिकाले गत वर्ष शिवधारा चोकमा आएको भल सिधै फाल्ने गरी नाली निर्माण गरेको थियो ।

तर अव्यवस्थित रुपमा निर्माणधीन घरले नाली बुझ्ने, नालीमा निर्माण सामाग्री राख्दा नाली थुनिएर झनै समस्या आएको हो । यस्मा नागरिकको समेत कमजोरी भएको स्थानीयको आरोप छ । स्थानीयले नालीमा जथाभावी फोहोर फाल्ने, निर्माण सामाग्री राख्ने जस्ता कार्य गर्दा यसको दोष नगरपालिकालाई पर्ने गरेको छ ।

अहिले बागलुङ बजारका धेरै सडक जलमग्न भएको र हालै मात्र निर्माण गरिएको कालोेपत्रे सडकमा समेत ढल पस्दा कालोपत्रेको टिकाउ कम हुँने स्थानीयको भनाई छ ।

जलमग्न बनेको बागलुङ बजारको कोदामचोक । तस्बिर : डम्मर बुढा मगर


Top