बाढीले काठेखोला पुल भत्कियो

डम्मर बुढा मगर   POSTED ON : असार २, २०७८ (१०:५८ AM)

बाढीले काठेखोला पुल भत्कियो

बागलुङ । निरन्तर वर्षाका कारण बागलुङको मालढुङ्गा बाढीले पुल भत्काएको छ । कालिगण्डकी करिडोर अन्तरगतको मालढुङ्गा–कुश्मिसेरा सडक खण्डको काठेखोला पुल बाढीले बगाएको हो । मंगलबार राति काठेखोलामा आएको बाढीले पुलको छेउछाउको भाग बगाएको बागलुङ नगरपालिका वडा नम्बर १ का वडा सदस्य सूर्य लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार पुलमा यात्रा गर्नै नमिल्ने गरि भत्किएको छ । पुल भत्किएपछि बागलुङको दक्षिण क्षेत्रको सिधा यात्रा टुटेको छ । बागलुङ नगरपालिका वडा नम्बर १२, १३, १४, जैमिनी नगरपालिका र बरेङ गाउँपालिका नागरिकलाई बागलुङ बजार आउजाउमा समस्या परेको छ । पुल भत्किएपछि बागलुङको दक्षिण भेगमा मालवाहक गाडी तथा तथा बिरामी बोक्ने एम्बुलेन्स ठप्प हुने अवस्था आएको छ । 


Top