आँधीखोला कान्लाका पुरुषको शव भीरकोटमा भेटियो

युवराज पौडेल   POSTED ON : असार २, २०७८ (१:४२ PM)

आँधीखोला कान्लाका पुरुषको शव भीरकोटमा भेटियो

स्याङ्जा । आँधीखोला गाउँपालिकाका एक पुरुषको शव खोलाले बगाएको अवस्थामा भीरकोट १ बयरघारी नजिकै भेटिएको छ । खोलाको बिचमा अड्काइरहेको अवस्थामा स्थानीयहरुले शव देखेर उद्धार गरेर पानी बाहिर निकालेका थिए । 

मृतक आँधीखोला गाउँपालिका वडा नं ६ स्थित कान्लाका ५५ वर्षीय घनश्याम ढकाल रहेको खुल्न आएको छ । हाल उनको वालिङ अस्पतालमा पोस्टमार्टम गरी शव परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ ।


Top