स्याङ्जाको भीरकोटमा जीप दुर्घटना १ को मृत्युः ७ घाइते

युवराज पौडैल   POSTED ON : असार २, २०७८ (१:५५ PM)

स्याङ्जाको भीरकोटमा जीप दुर्घटना १ को मृत्युः ७ घाइते

स्याङ्जा । आज बिहान  १०ः१० बजे जिल्ला स्याङजा भिरकोट नगरपालिका वडा नं. ४ दर्बुङठाटी स्थित भित्री कच्ची सडक खण्डमा बानेथोकबाट बयारघारीतर्फ आउँदै गरेको ग. १ ज. ४९४० नं. को जीप अचानक अनियन्त्रित भई दुर्घटना भई जीप सडकबाट अन्दाजी ५ मिटर तल खस्दा जीपमा सवार  १ जनको उपचारका क्रममा मृत्यु भएको छ । जीपमा सवार चालकसहित ८ जना मध्ये ७ जना घाइते भएको र घाइतेहरूलाई उपचारको लागि भिरकोट नगर अस्पताल हेलुमा पठाएको छ भने गम्भीर अवस्थाका घाइतेलाई थप उपचारको लागि पोखरा रिफर गरिएको प्रहरीले जनाएको छ ।

जीप दुर्घटनामा मृत्यु हुनेमा स्याङ्जा भिरकोट न.पा. वडा नं. ३ बस्ने बर्ष ३६ को गणेशजंग अधिकारी रहेको र उनको भिरकोट नगर अस्पतालमा उपचारको क्रममा बिहान नै मृत्यु भएको प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले बताएका छन् । घाइते हुने ७  जनामा भीरकोट नगरपालिका वडा नं ३ का जीप चालक ३० वर्षीय विकास थापा, सोही ठाउँकै ४० वर्षीय रेशम परियार, ४६ वर्षकी प्रतिमा परियार, ४८ वर्षका रुकबहादुर परियार र पुतलीबजारका २४ वर्षीय दिनेश परियार रहेका छन् । यीमध्ये चालक विकास थापा, प्रतिमा परियार, रुकबहादुर परियार र दिनेश परियारलाई थप उपचारका लागि पोखरा लगिएको छ ।


Top