पहिरोले पाइप बगाएपछि बागलुङ बजारमा खानेपानीको समस्या

डम्मर बुढा मगर   POSTED ON : असार ३, २०७८ (१:४९ PM)

पहिरोले पाइप बगाएपछि बागलुङ बजारमा खानेपानीको समस्या

बागलुङ । अविरल वर्षाको कारण बागलुङ बजार क्षेत्रभित्र ल्याएको खानेपानीको पाईप बाढि पहिरोले क्षेती पु¥याएको छ । बागलुङ बजारमा रेशखोला मुहान, भुदीखोला मुहान र रिठ्ठेखोला मुहानबाट ल्याईएको पानीको पाईप विभिन्न स्थानमा बाढि पहिरोले क्षेती पु¥याएको हो । 

पहिरोले पाईप बगाउदा बजार क्षेत्र भित्र पिउने पानी आपुर्ति हुन सकेको छैन । तीन वटै मुहानमा बाढिले क्षेति पु¥याएको र अन्य स्थानमा पहिरोले पाईप बगाएपछि नियमित पानी संचालन हुन नसकेको बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका प्रबन्धक हिमाल शर्माले बताए । 

पहिरोकै कारण बागलुङ नगरपालिका वडा नम्बर ३ सुल्डाँडामा रहेको पानीको टंकीदेखि तलको भाग समेत बगाएको हुँदा टंकी समेत थप जोखिममा परेको उनले बताए । विभिन्न स्थानमा क्षेती धेरै भएकोले मर्मत कार्य गर्न केही दिन लाग्ने संस्थाले जनाएको छ । 

वर्षा नरोकिएको कारण काम गर्न भने समस्या भईरहेको र बजार क्षेत्र भित्र सहज रुपमा पिउने पानी आउने केही दिन लाग्ने संस्थाले जनाएको छ । बागलुङ बजार क्षेत्र भित्र रिठेखोला मुहान,रेश खोला मुहान र भुदी खोला मुहानबाट पिउनको लागि पानी ल्याईएको छ । 

अहिले रिठेखोलाबाट ३.५ लिटर प्रति सेकेन्ड,रेशबाट १७ लिटर प्रति सेकेन्ड र भुदीबाट २० लिटर प्रति सेकेन्ड पानी दैनिक आउने गरेको छ  ।


Top