गण्डकी प्रदेश मुख्यमन्त्री पोखरेललाई विश्वासको मत प्राप्त

युवराज पौडेल   POSTED ON : असार ४, २०७८ (४:४४ PM)

गण्डकी प्रदेश मुख्यमन्त्री पोखरेललाई विश्वासको मत प्राप्त

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिनुभएको छ । 

शुक्रबार पोखरेलले आफूलाई प्रदेशसभाको विश्वास छ भनीको प्रस्ताव बहुमतबाट पारित भएको सभामुख नेत्रनाथ अधिकारीले घोषणा गर्नुभयो ।

प्रदेशसभा विश्वासको मत लिने पोखरेलको प्रस्तावको पक्षमा ३१ जना सदस्यले मत दिनुभयो भने विपक्षमा २७ मत परेको छ ।

६० सदस्यीय गण्डकी प्रदेशसभामा आज ५८ जना सदस्यहरू उपस्थित हुनुहुन्थ्यो । नेपाली कांग्रेस संसदीय दलका नेता पोखरेल माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी उपेन्द्र समूह र स्वतन्त्र सांसद दीपक मनाङेको समर्थनमा संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।

राष्ट्रिय जनमोर्चाबाट निर्वाचित सांसद कृष्ण थापालाई भने उहाँको दलले निष्कासन गरेका कारण पदमुक्त हुनुभएको छ ।




Top