बागलुङको ताराखोला बाढीमा परि एक जना बेपत्ता, घुस्मेलीबजार जोखिममा

डम्मर बुढा मगर   POSTED ON : असार २३, २०७८ (१२:१३ PM)

बागलुङको ताराखोला बाढीमा परि एक जना बेपत्ता, घुस्मेलीबजार जोखिममा

बागलुङ । निरन्तर वर्षाका कारणबागलुङको ताराखोलामा बाढीले एक जनालाई बगाउँदा बेपत्ता भएका छन् । मंगलबार राति वर्षासँगै आएकाको बाढि र पहिरोले जिल्लाको ताराखोला गाउँपालिका वडा नम्बर हिलघुस्मेलीका १८ वर्षीय राजेन्द्र कार्की पहिरोमा परि सम्पर्क बिहिन रहेको इलाका प्रहरी कार्यालय ताराखोलाका प्रहरी प्रमुख सईलक्ष्मणन्यौपानेले जानकारी दिए ।

बढिले स्थानीयचन्द्र कार्कीको ४१ वटा बाख्रा पुरेको छ । जस मध्ये अहिलेसम्म १० वटाजिवित र २७ वटा मृत बाख्रा निकालिएको प्रहरीले जनाएको छ । वर्षाका कारण इदिटोलबाट झरेको पहिरो र बाढीले स्थानीय ध्रुव खत्रीले संचालन गरेको एक रेष्टुरेन्ट समेत बगाएको छ । बाढी संगै खोलामा पानीको बहाब बढेर घुस्मेलि बजार क्षेत्रमा पस्न थालेको स्थानीयको भनाई छ । बजार क्षेत्रका करिब २५ घर परिवारलाई रातिनै सुरक्षित स्थानमा सारिएको छ । उद्दारका लागि इलाका प्रहरी कार्यालय गलकोट बाटप्रहरी निरीक्षकको नेतृत्वमा प्रहरीको थप टोली घटनास्थलमा पुग्दै गरेको बताएको छ ।



Top